बुटवल,असार १८-
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गर्ने पार्टीका सासंदहरूलाई हस्ताक्षर फिर्ता लिन निर्देशन दिएका छन्।
ओलीको अध्यक्षतामा शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको केन्द्रीय कमिटी बैठकले देउवाका पक्षमा हस्ताक्षर गर्नेहरूलाई दुई दिनभित्र हस्ताक्षर फिर्ता लिन निर्देशन दिएका हुन् ।कांग्रेस सभापति देउवालाई प्रधानमन्त्री बनाउन एमाले वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका २६ सांसदले हस्ताक्षर गरेका थिए।
राष्ट्रपति कार्यालयमा २६ जनाको हस्ताक्षर लगिएको भए पनि सर्वोच्च अदालतमा भने २३ जनाले हस्ताक्षर गरेका छन्।आजको बैठकमा केन्द्रीय कमिटीको बैठकमा वरिष्ठ नेता झलनाथ खनाल र माधव नेपाल पक्ष उपस्थित भएको छैन।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)