बुटवल,असार ९ -
कर फर्स्यौट आयोगको अनियमितता प्रकरणमा चुरामणी शर्मा सहित ३ जनाविरुद्ध १ अर्ब ३३ लाख बिगो दाबी गर्दै मुद्दा दर्ता भएको छ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आयोगका पदाधिकारी चुडामणी शर्मा ढकाल (तत्कालीन महानिर्देशक, आन्तरिक राजश्व विभाग) समेत ३ जनाविरुद्ध बुधबार विशेष अदालतमा मुद्दा दर्ता गरेको हो।
बुधबार विशेष अदालतमा दर्ता भएको अभियोगपत्रमा शर्मासहित कर फर्स्यौट आयोगका अध्यक्ष लुम्बध्वज महत र सदस्य उमेशप्रसाद ढकाललाई प्रतिवादी बनाइएको अख्तियार दुरूपयाेग अनुसन्धान आयोगले जनाएको छ ।

नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)