Logo मंगलवार, श्रावण १२ गते २०८३
images

काँग्रेसका नेता तथा पूर्व सूचना तथा सञ्चार राज्यमन्त्री विष्टको निधन

काँग्रेसका नेता तथा पूर्व सूचना तथा सञ्चार राज्यमन्त्री विष्टको निधन

  • 2.9K
    SHARES

  • काँग्रेसका नेता तथा पूर्व सूचना तथा सञ्चार राज्यमन्त्री विष्टको निधन

    बुटवल,असार ६-  

    नेपाली काँग्रेसका नेता  तथा पूर्व सूचना तथा सञ्चार राज्यमन्त्री तप्त बहादुर विष्टको निधन भएको छ । आइतबार विहान ५ बने ललितपुरस्थित मेडिसिटी अस्पतालमा उपचारका क्रममा कोरोना संक्रमणका कारण विष्टको निधन भएको हो ।

    कोरोना संक्रमण भएपछि जेठ १६ गते प्रदेश अस्पताल सुर्खेतमा  विष्ट भर्ना भएका थिए । विष्टको स्वास्थ्यमा सुधार नभएपछि थप उपचारका लागि जेठ २६ गतेदेखि काठमाडौंस्थित मेडिसिटी हस्पिटलमा रिफर गरिएको थियो ।

    आइतबार विहान ५ बजे उपचारका क्रममा विष्टको निधन भएको उनका भाइ दल विष्टले जानकारी दिए । पञ्चपुरी नगरपालिका–११ कुइने मालुझुल घर भएका ६० वर्षीय विष्ट पूर्व संविधान सभा सदस्य थिए ।

    विष्ट २२ वर्षसम्म नेपाली काँग्रेस सुर्खेतको पार्टी सभापति बनेका थिए भने पूर्व जिल्ला विकास समितिका उपसभापति समेत हुन् । उनी सुर्खेत पश्चिम क्षेत्रका निडर प्रभावशाली नेताका रूपमा स्थापित थिए ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology