Logo मंगलवार, श्रावण १२ गते २०८३
images

शंकरपुरमा जनमुक्तीको रक्तदान,५५ युनिट रगत संकलन

शंकरपुरमा जनमुक्तीको रक्तदान,५५ युनिट रगत संकलन

  • 4.7K
    SHARES

  • शंकरपुरमा जनमुक्तीको रक्तदान,५५ युनिट रगत संकलन

    बुटवल,जेठ २१-

    जनमुक्ति युवा महासंघ रूपन्देहीको आयाेजना र राष्ट्रिय जनमुक्ती पार्टी रूपन्देहीको ब्यबस्थापनमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । रूपन्देहीको पार्टी कार्यालय शंकरपुर तिलाेत्तमामा भएको  कार्यक्रममा ५५ युनिट रगत संकलन भएको कार्यक्रम संयाेजक एकु रानाले बताए । 

    कार्यक्रममा राष्ट्रिय जनमुक्ती पार्टी रूपन्देही उपाध्यक्ष टेकबहादुर गुरुङ,जनमुक्ति युवा महासंघका राष्ट्रिय अध्यक्ष शंकर गाहा,रेडक्रश साेसाइटी भैरहवाका हरि सापकाेटा,जनमुक्ति युवा महासंघ तिलोत्तमा नगरपालिकाका अध्यक्ष बुद्धि थापा मगर  लगायतले बाेलेका थिए ।

    यसअघि जनमुक्तिले एकसातादेखि रूपन्देहीमा निशुल्क भोजन तथा फलफूल बितरण अभियान संचालन गरेको थिया‍े । 

    बुटवल,भैरहवा,तिलोत्तमा,देवदह, लगायतका स्थानमा रहेका अति बिपन्न तथा कोरोनाका बिरामीहरुका लागि खाद्यान्न र आवश्यक फलफूल बितरण गरिएको जनमुक्ति युवा महासंघ तिलोत्तमा नगरपालिकाका अध्यक्ष बुद्धि थापा मगरले बताए ।

    आज बुटवलको कोरोना बिशेष अस्पतालका बिरामीलाइ ५० प्याकेट फलफूल ,लुम्बिनी प्रादेशीक अस्पतालका बिरामीलाइ ५० प्याकेट फलफूल,त्यस्तै अति बिपन्न गरिब मजदुरहरुलाइ बुटवलको बसपार्कमा २७ प्याकेट,पुरानो बसपार्क र हाटबजारमा ४० प्याकेट खाद्यान्न बितरण गरिएको उनले बताए ।

    पार्टीको निर्देशन अनुसार आईसोलेसन सेन्टर,सार्बजनिक स्थानमा रहेका बिपन्न,बिरामी कुरुवा,स्वास्थ्यकर्मी र सडकमा खटिएका सुरक्षाकर्मीसहित २ हजार ८ जनालाइ भोजन र  १ हजार ४सय जनालाइ फलफूल बाडिएको जनमुक्तिले जनाएको छ ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology