Logo मंगलवार, श्रावण १२ गते २०८३
images

यी हुन् राष्ट्रिय सभा उपनिर्वाचन बहिष्कार गर्ने नेपालगन्जका मेयर धवल

यी हुन् राष्ट्रिय सभा उपनिर्वाचन बहिष्कार गर्ने नेपालगन्जका मेयर धवल

  • 3.8K
    SHARES

  • यी हुन् राष्ट्रिय सभा उपनिर्वाचन बहिष्कार गर्ने नेपालगन्जका मेयर धवल

    बुटवल,जेठ १७-

    बाँकेको नेपालगन्ज उपमहानगरपालिका मेयर धवलशमशेर राणाले लुम्बिनी प्रदेशअन्तर्गत आज भइरहेको राष्ट्रिय सभा उपनिर्वाचन बहिष्कार गरेका छन्।

    राणा राप्रपाबाट निर्वाचित मेयर हुन्। देश कोरोना महामारीले आक्रान्त भइरहेका बेला चुनाव आफ्नो प्राथमिकता नभएको भन्दै उनले मतदान नगर्ने घोषणा गरेका हुन्।

    ‘लुम्बिनी प्रदेशको राष्ट्रियसभा सदस्यको उपचुनाव मेरो प्राथमिकतामा परेन,’ सामाजिक सञ्जालमार्फत मेयर राणाले भनेका छन्, ‘अहिलेको पहिलो कर्तव्य कोरोनासँग जुध्ने रहेकाले कांग्रेस, एमाले र माओवादीको यो अवस्थामा भइरहेको जुधाइलाई मैले मतदान गर्न नसक्ने निर्णय गरेको छु।’

    यी समाचार पनि पढ्नुस् :

     

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology