Logo मंगलवार, श्रावण १२ गते २०८३
images

रुपन्देहीमा नेविसंघद्वारा प्रधानमन्त्री ओली र राष्ट्रपति भण्डारीको पुत्ला दहन

रुपन्देहीमा नेविसंघद्वारा प्रधानमन्त्री ओली र राष्ट्रपति भण्डारीको पुत्ला दहन

  • 3.9K
    SHARES

  • रुपन्देहीमा नेविसंघद्वारा प्रधानमन्त्री ओली र राष्ट्रपति भण्डारीको पुत्ला दहन

    बुटवल,जेठ ९ -

    नेपाल विद्यार्थी संघ रुपन्देहीले प्रधानमन्त्री केपि शर्मा ओली र राष्ट्रपति विद्यादेवि भण्डारीको पुत्ला दहन गरेको छ। असंवैधानिक तबरबाट प्रतिनिधि सभा विघटन गरेको भन्दै नेपाल विद्यार्थी संघका नेता कार्यकर्ताले आइतबार साँझ राष्ट्रपति र प्रधानमन्त्रीको पुत्ला दहन गरेका हुन् ।

    प्रधानमन्त्री ओलीको सिफारिसमा राष्ट्रपतिले दोस्रो पटक संसद विघटन गरेको विरोधमा नेविसंघ रुपन्देहीले प्रधानमन्त्री ओलीको पुत्ला दहन गरेको जनाएको छ।

    तिलोत्तमाको नयाँमिल चाेकमा विरोध कार्यक्रम भएको हो ।

    नेविसंघ रुपन्देहीका पूर्वसभापति सन्तोष डिसीको नेतृत्वमा भएको कार्यक्रममा विद्यार्थी नेताहरू अशिम थापा, सन्दिप पाण्डे, हिमाल कार्की, रोशन थापा, सुरज आचार्य, आकाश सुबेदी लगायतको उपस्थिति रहेको थियो ।

     नेविसंघले प्रतिगमनकारी तानाशाह प्रधानमन्त्री ओली र राष्ट्रपति भण्डारीले संविधान र संघीय लोकतान्त्रिक गणतन्त्रमाथि बलात्कार गरेको आरोप लगाएको छ।

    नयाँ सरकार बन्ने अवस्था हुँदाहुँदै संविधान मिचेर प्रतिनिधिसभा विघटन गरेको भन्दै संसद् विघटनको निर्णय नसच्याए थप आन्दोलन चर्काउने चेतावनी नेविसंघले दिएको छ ।  

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology