Logo बिहिवार, आश्विन १ गते २०८३
images

भारतमा एकैदिन कोरोनाबाट ३ हजार २ सय ८६ जना संक्रमितको मृत्यु !

भारतमा एकैदिन कोरोनाबाट ३ हजार २ सय ८६ जना संक्रमितको मृत्यु !

  • 2.7K
    SHARES

  • भारतमा एकैदिन कोरोनाबाट ३ हजार २ सय ८६ जना संक्रमितको मृत्यु !

    नयाँदिल्ली,वैशाख १५-

    भारतमा पहिलो पटक एकैदिन कोरोनाभाइरसका ३ हजार बढी संक्रमितले ज्यान गुमाएका छन्।

    टाइम्स अफ इन्डियाका अनुसार मंगलबार भारतभरि ३ हजार २ सय ८६ जना संक्रमितको मृत्यु भएको छ। योसँगै भारतमा कोरोनाभाइरसबाट मृत्यु हुनेको संख्या २ लाख पार गरेको छ। अहिलेसम्म भारतमा कोरोनाबाट २ लाख १ हजार १ सय ६ जनाको ज्यान गएको छ।

    कोरोनाबाट सबैभन्दा धेरै नागरिकले ज्यान गुमाउनेमा संयुक्त राज्य अमेरिका पहिलो स्थानमा छ। त्यहाँ ५ लाख ७२ हजार मानिसको मृत्यु भएको छ। दोस्रो नम्बरमा ब्राजिल ३ लाख ९२ हजार र तेस्रो नम्बरमा मेक्सिको २ लाख १५ हजार छ।

    कोरोनाबाट २ लाख बढी नागरिकको मृत्यु हुनेको भारत चौंथो मुलुक बनेको छ।

    भारतमा अझै पनि संक्रमण तीव्र रूपमा बढिरहेकाले मृत्युदर पनि बढ्नेछ। मंगलबारमात्र भारतमा एकैदिन ३ लाख ६२ हजार संक्रमित थपिएका छन्।

    पछिल्ला सात दिनदेखि भारतमा हरेक दिन ३ लाख बढी संक्रमित थपिएका छन् भने २ हजार बढी मानिसले ज्यान गुमाएका छन्।कतिपय विज्ञहरूले भारतमा सरकारी तथ्यांकमा देखाएभन्दा धेरै नै मानिसहरूको कोरोनाबाट मृत्यु भएको हुन सक्ने बताएका छन्।

    एजेन्सी

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology