Logo मंगलवार, श्रावण १२ गते २०८३
images

ओलीलाइ लामो समय सत्तामा राखिरहनु देशलाइ दुर्घटनामा पुर्याउनु हो : बालकृष्ण खाँण 

ओलीलाइ लामो समय सत्तामा राखिरहनु देशलाइ दुर्घटनामा पुर्याउनु हो : बालकृष्ण खाँण 

  • 2.6K
    SHARES

  • ओलीलाइ लामो समय सत्तामा राखिरहनु देशलाइ  दुर्घटनामा पुर्याउनु  हो : बालकृष्ण खाँण 

    बुटवल,बैसाख ६- 

    नेपाली कांग्रेस संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाँणले केपि ओलीलाइ लामो समय सत्तामा राखिरहनु देशको भबिश्य बर्बाद गर्नु भएको बताएका छन् ।

    उनले भने-‘प्रधानमन्त्री केपी शर्मा ओली बसको डाइभर हुन्,ब्रेक थिच्ने बेला एक्सीलेटर थिच्छन्,,एक्सीलेटर दाब्ने बेला क्लोज दाब्ने,बसभित्र टन्नै प्यासेन्जर छन्,कतिखेर खोल्सामा फाल्ने हो थाहा छैन,चलाउने पटक्कै ढंग भएन ।’

    पत्रकार महासंघमा निर्बाचित पत्रकारहरूलाइ बुटवलमा सम्मान गर्दै उनले भने- ‘देश र संविधान एकदमै जोखिमपूर्ण अवस्थामा छ, केपी ओली सत्ता टिकाउने काममा लागेका छन्,अरू काम केहि छैन ।’

    उनले लोकतान्त्रिक मूल्यमान्यतासँगै प्रेस स्वतन्त्रता र मानवअधिकार सिद्धयाउन लागि पर्ने जो कोही आफैं सिद्धिने उनले बताए ।

    ‘निरंकुश ढंगले जनताका अधिकार वञ्चित गराउन सरकार अघि बढेको छ,’ नेता खाँणले भने, ‘ जनताले निरंकुशता हटाउन र प्रजातन्त्र ल्याउन नखोजेको भए देशबाट राणाशासन र निर्दलीय पन्चायती व्यवस्था नै जाने थिएन ।’

    लोकतान्त्रिक मूल्यमान्यता रक्षाका लागि कांग्रेस लागि पर्ने उनले बताए । सरकारको निरंंकुश शैलीविरुद्ध कांग्रेसले प्रतिवाद गर्ने उनको भनाइ थियो ।

    खाँणले कोरोना महामारी बढ्दोक्रममा रहेकाले परीक्षणको दायरा बढाउन, संक्रमितको उपचारका लागि भरपर्दो व्यवस्था मिलाउन, सीमानाका हुँदै आएकालाई सुरक्षित रूपमा राख्ने व्यवस्था मिलाउन र संक्रमण व्यापक हुने सम्भावना रहेकाले आवश्यक पूर्वतयारी गर्न तथा लकडाउनको विकल्पमा समेत आवश्यक तयारी गर्न सरकारलाई सुझाव दिए ।

    यी समाचार पनि पढ्नुहाेस् :

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology