Logo मंगलवार, श्रावण १२ गते २०८३
images

प्रतिनिधिसभामा शोक प्रस्ताव पारित गर्नेबाहेक अन्य कुनै विषयले प्रवेश पाएनन्

प्रतिनिधिसभामा शोक प्रस्ताव पारित गर्नेबाहेक अन्य कुनै विषयले प्रवेश पाएनन्

  • 3.1K
    SHARES

  • प्रतिनिधिसभामा शोक प्रस्ताव पारित गर्नेबाहेक अन्य कुनै विषयले प्रवेश पाएनन्

    बुटवल,चैत ६ ।

    प्रतिनिधिसभा बैठक आज दिउँसो १ बजे बस्दै छ। सर्वोच्च अदालतले प्रतिनिधि सभा पुनः स्थापना गरेपछिको यो चोथौ बैठक हो।

    यसअघि तीनपटक बसेको बैठकमा शोक प्रस्ताव पारित गर्नेबाहेक अन्य कुनै विषयले प्रवेश पाएको छैन। संघीय संसद सचिवालयले जारी गरेको आजको सम्भावित कार्यसूचीमा पनि खासै महत्त्वपूर्ण विषय समावेश छैन।

    आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले लोक सेवा आयोगको ६१औं वार्षिक प्रतिवेदन–२०७७ र राष्ट्रिय मानव अधिकार आयोगको आर्थिक प्रतिवेदन–२०७७ को वार्षिक प्रतिवेदन पेस गर्ने कार्यक्रम तय भएको छ ।

    यसबाहेक नेपाली कांग्रेसका नेता २०५८ सालको राष्ट्रिय सभा सदस्य तथा संविधानसभा सदस्य अशोक कोइरालाको निधनप्रति शोक प्रस्ताव र अनुपस्थितिको सूचना प्रस्तुत हुने कार्यक्रममात्र आजको सम्भावित कार्यसूचीमा रहेको छ।

    हेराैँ कार्यसूची :-

     

    sansad list.jpg

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology