बुटवल,चैत ५-
उद्यमशिल गल्कोटको परिकल्पनासहित दायित्व र गल्कोट नगरपालिकाको सहकार्यमा आयोजित नगर उपप्रमुख दायित्व ग्रामीण उद्यम विकास कार्यक्रमले सम्भावित ४० महिला उद्यमीको नामावली समारोह आयाजना गरि घोषणा गरेको छ ।
गल्कोट नगरपालिकाका नगर प्रमुख भरत शर्माको प्रमुख आतिथ्य, नगर उप्रमुख रेनु काउचा र हरि प्रसाद शर्माको विशिष्ट आतिथ्यमा कार्यक्रम सम्पन्न भयो ।
कार्यक्रमका ७८ वटा प्राप्त आवेदन मध्ये ६० कृषि, ४ पर्यटन र १४ वटा रहेका थिए । जसबाट छनोटको बहुआयामिक आयाम प्रयोग गरि सम्भावित ४० महिला उद्यमीहरु छनोट गरिएको दायित्वका लुम्बिनी प्रदेश संयोजक संजय पोखे्रलले बताए ।
देशको ग्रामीण संरचना, वैदेशिक रोजगारका कारण पुरुषको अनुपस्थिति र घरमा महिलाहरु ठूलो संख्यामा रहनुले मुलुकको सबल अर्थतन्त्र निर्माण, ग्रामीण महिलाहरुको अर्थपूर्ण र आर्थिक नेतृत्व बिना असम्भव रहेको नगरप्रमुख भरतशर्माले बताए ।
प्रतियोगितात्मक विधिबाट ६ महिनासम्म निरन्तर यस कार्यक्रम छनोट भएका उद्यमीहरुले चरणबद्ध उद्यम अभिमुखिकरण, वित्तिय व्यवस्थापन सीप, बिजनेस क्यानभस, उद्यम चुनौती कला प्रशिक्षण, नेतृत्व विकास तालिम र उद्यम सम्बन्धित प्राविधिक प्रशिक्षण पाउने छन् ।
छनोट भएका ४० उद्यमीबाट एस.एम.एस.मत र उद्यम अवलोकनबाट उत्कृष्ट २० उद्यमीहरुतथा उद्यम चुनौताी र कार्यसम्पादनको आधारमा उत्कृष्ट १० उद्यमी चयन गरिने छ ।
उनीहरु नगद ५०-५० हजार र प्रमाण–पत्रबाट सम्मानित हुनेछन । र बिजेता (उत्कृष्ट महिला उद्यमी गल्कोट) ले रु.१ लाख र सम्मान–पत्र प्राप्त गर्ने छ । गल्कोट वडा नं ३ का अध्यक्ष वीरजंग भण्डारी, वडा नं. १० का तेज बहादुर थापा, सामाजिक अभियन्ता मिना श्रेष्ठ, गल्कोट उद्योग बाणिज्य संघका अध्यक्ष विरेन्द्र श्रेष्ठ, गल्कोट रेडियोका स्टेशन मेनेजर घनश्याम गौतम, गल्कोट बहुमुखि क्याम्पसका क्याम्पस प्रमुख कृष्ण प्रसाद गौतम, गल्कोट प्रहरी कार्यालय प्रमुख बाबुराम पुरी लगायतले मन्तब्य र उपस्थितिी रहेको कार्यक्रमको अध्यक्षता दायित्वका लुम्बिनी प्रदेश प्रमुख कमल थापा र मुसिकोट प्रतिनीधि महेन्द्र घिमिरेको सञ्चालनमा सम्पन्न भएको हो ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)