Logo बिहिवार, आश्विन १ गते २०८३
images

पार्टीको नयाँ निर्णयबारे जानकारी गराउन प्रचण्ड–माधव समूह निर्वाचन आयोगमा

पार्टीको नयाँ निर्णयबारे जानकारी गराउन प्रचण्ड–माधव समूह निर्वाचन आयोगमा

  • 2.1K
    SHARES

  • पार्टीको नयाँ निर्णयबारे जानकारी गराउन  प्रचण्ड–माधव समूह  निर्वाचन आयोगमा

    बुटवल,फागुन २०- 

    नेपाल कम्यनिस्ट पार्टी (नेकपा) को प्रचण्ड–माधव समूह बिहीबार निर्वाचन आयोग पुगेको छ । पार्टीको नयाँ निर्णयबारे जानकारी गराउन आफूहरु निर्वाचन आयोग आएको नेताहरुले बताएका छन् ।

    बिहीबार नेताहरु राजेन्द्र पाण्डे र लीलामणि पोखरेल निर्वाचन आयोग पुगेका छन् । पार्टीको आधिकारिकता दावी गर्दै दिएको पत्रबारे छिटो निर्णय गर्न दबाब दिने र प्रचण्ड-माधव समूहको केन्द्रीय कमिटी बैठकले गरेको निर्णयबारे जानकारी गराउन उनीहरु आयोग पुगेका हुन् ।

    प्रचण्ड-माधव समूहका नेताहरु देव गुरुङ र पम्फा भुसाल भने बिहीबार सभामुख अग्निप्रसाद सापकोटालाई भेट्न सिंहदरबारस्थित संसद सचिवालय गएका छन् ।

    प्रचण्ड–माधव समूहले गरेको संसदीय दलको बैठकको निर्णय जानकारी गराउन उनीहरु सभामुखसमक्ष गएका हुन् ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology