Logo बिहिवार, आश्विन १ गते २०८३
images

यौनिक तथा लैंङ्गिक अल्पसंख्यकको अधिकार स्थापित गर्न सबै एकजुट हुनुपर्छ : उपसभामुख थारु

यौनिक तथा लैंङ्गिक अल्पसंख्यकको अधिकार स्थापित गर्न सबै एकजुट हुनुपर्छ : उपसभामुख थारु

  • 2.5K
    SHARES

  • यौनिक तथा लैंङ्गिक अल्पसंख्यकको अधिकार स्थापित गर्न सबै एकजुट हुनुपर्छ : उपसभामुख थारु

    बुटवल,फागुन ९-

    लुम्बिनी प्रदेशका उपसभामुख कृष्णी थारुले यौनिक तथा लैंङ्गिक अल्पसंख्यक र एचआइभि संक्रमितको अधिकार स्थापित गर्न सरोकारवाला एकै ठाँउमा केन्द्रित हुन आवश्यक रहेको बताउनुभएको छ ।

    निलहिरा समाज नेपालले आज बुटवलमा आयोजना गरेको लुम्बिनी प्रदेशका सरकारी निकायहरुसंग यौनिक तथा लैगिक अल्पसंख्यक र एचआइभि संक्रमित तथा प्रभावित समुदायका मुद्धाहरु विषयक प्रदेश स्तरिय अन्तक्रिया कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथि उपसभामुख थारुले  कानून कार्यान्वनमा समेत जोड दिनुपर्ने बताउनुभयो । 

    उहाँले यौनिक तथा लैंङ्गिक अल्पसंख्यकहरु लगायत समाजमा पछाडि परेका सबै समुदायको शशक्तिकरणका लागि बनेका कानून र नीतिका विषयलाई योजनामा पार्न आफू सक्दो प्रयास गर्ने प्रतिबद्धता समेत जनाउनुभयो ।

    तिलोत्तमा नगरपालिकाका उप–प्रमुख जागेश्वरी  चौधरीले समाजमा रहेका यौनिक तथा लैगिक अल्पसंख्यकहरुको संम्बोधनका लागि लैंगिक उत्तरदायि वजेटमा जोड दिन तिलोत्तमा नगरपालिकाले साे समुदायको तथ्याङ्क संकलन गरि वजेट विनीयोजन गरेको बताउनुभयो ।

    हाल तिलोत्तमा नगरपालिकामा १३ जना यौनिक तथा लैगिक अल्पसंख्यक रहेको  र उहाँहरुको आर्थिक शशक्तिकरणका लागि विभिन्न कार्यक्रम संचालन गर्ने योजनामा रहेकाले लक्षित समुदायलेनै नगर संग समन्वय गर्न समेत उहाले आग्रह गर्नुभयो ।prgm.jpg
     जिल्ला समन्वय समिति रुपन्देहीका अध्यक्ष एकराज बिश्वकर्माले यौनिक तथा लैगिक अल्पसंख्यक लगायत समग्र मानव विकासमा जोड दिन रुपन्देहीका १६ वटै स्थानिय तह तयार रहेको र समन्वय  सहकार्यका लागि आफू प्रतिबद्ध भएर लाग्ने  बताउनुभयो ।

    लुम्बिनी प्रदेश सामाजिक विकास मन्त्रालयका सामाजिक विकास महाशाखा प्रमुख शारदा बस्यालले प्रदेशमा रहेका यौनिक तथा लैंगिक अल्पसंख्यकको समस्या पहिचान गरि नीति ,योजना र कार्यक्रममा सम्बोधन गरेको बताउनुभयो ।

    मन्त्रालयले यस आर्थिक वर्षमा प्रदेशको दाङ जिल्लाका २० जना यौनिक तथा लैंगिक अल्पसंख्यकलाई आयआर्जनका लागि सिपमुलक तालिम प्रदान गर्ने तयारी गरेको बताउनुभयो ।

    निल हिरा समाजका केन्द्रिय अध्यक्ष पिङ्की गुरुङले नेपालको संविधान २०७२ को धारा १२ ,१८ र ४२ मा यौनिक तथा लैंगिक अल्पसंख्यकको हक अधिकारको व्यवस्था गरिए पनि नीती योजना निर्माण र कार्यान्वयनमा सरोकारवालाले ध्यान नदिदा अधिकार कागजमै सिमित रहेको बताउनुभयो ।

    अवका दिनमा नीती र योजनामा सम्बोधन भएका विषय कार्यान्वयनमा लैजानका लागि सरोकारवालासंग छलफल गर्नु परेको अध्यक्ष गुरुङले बताउनुभयो । उहाँले हाल सम्म देशका ३५ जिल्लामा आफूहरु संगठित भएर काम गरेको र ७ सय जना कर्मचारी कार्यरत रहेको बताउनुभयो ।  

    कार्यक्रममा निल हिरा समाजका कार्यकारी निर्देशक मनिसा ढकालले समाजको स्थापना,उद्धेश्य,अधिकार स्थापितका लागि संस्थागत गरिएका पहल र उपलब्धी बारे सहजीकरण गर्न भएको कार्यक्रममा एचआइभि संक्रमितहरुको राष्ट्रिय संजाल लुम्बिनी प्रदेश का प्रतिनिधी अर्जुन ज्ञवाली,आस्था समुह रुपन्देहीका प्रतिनिधी सुमन हिताङ्ग पत्रकार कल्पना तिवारी लगायतले बोल्नु भएको थियो । 

    निल हिरा समाजका केन्द्रिय अध्यक्ष पिङ्की गुरुङको अध्यक्षता र एक्लोलाई सहारा दिने बृक्ष समुह रुपन्देहीका कार्यालय प्रमुख मनिला न्यौपानेको स्वातमा सम्पन्न कार्यक्रमको संचालन निल हिरा समाजका कार्यक्रम निर्देशक संजय शर्माले गर्नु भएको थियो । 

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology