Logo सोमवार, आश्विन ५ गते २०८३
images

सूर्यपुर एफसीले जित्यो हानामी चितवन गोल्डकपको उपाधि

सूर्यपुर एफसीले जित्यो हानामी चितवन गोल्डकपको उपाधि

  • 456
    SHARES

  • सूर्यपुर एफसीले जित्यो हानामी चितवन गोल्डकपको उपाधि

    चितवन,असोज ४ ।

    फाइनलमा आयोजक बिएफसीलाई २–० ले हराउँदै सूर्यपुर एफसी च्याम्पियन बनेको छ ।

    एप्पल गुरु सूर्यपुर एफसी कालिकाले हानामी तेस्रो चितवन गोल्डकप फुटबल प्रतियोगिताको उपाधि जितेको छ। शनिबार भरतपुरमा सम्पन्न फाइनलमा आयोजक हानामी भरतपुर फुटबल क्लब (बिएफसी)लाई २–० गोलअन्तरले पराजित गर्दै सूर्यपुर च्याम्पियन बनेको हो।

    नेपाल प्रहरी शिक्षालय भरतपुर तालिम केन्द्रको मैदानमा भएको प्रतिस्पर्धात्मक फाइनलमा सूर्यपुरको जितमा लक्षु थापा र अविनास स्याङ्ताङले एक–एक गोल गरे।

    पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा सूर्यपुरले ७३औँ मिनेटमा लक्षु थापाको गोलमार्फत अग्रता लिएको थियो। अग्रता लिएपछि पनि दुवै टोलीले आक्रामक खेल प्रस्तुत गरेका थिए।
    खेलको अतिरिक्त समयमा सूर्यपुरले पेनाल्टीको अवसर प्राप्त गर्‍यो। बिएफसीका विवेक मगरले दिपेश गुरुङलाई बक्सभित्र फाउल गरेपछि सूर्यपुरले पेनाल्टी पाएको थियो। प्राप्त पेनाल्टीलाई अविनास स्याङ्ताङले गोलमा परिणत गर्दै सूर्यपुरको २–० को जित सुनिश्चित गरे।
    फाइनलमा सूर्यपुरका लागि पहिलो गोल गरेका लक्षु थापा ‘केल्मी प्लेयर अफ द म्याच’ घोषित भए।
    सूर्यपुरलाई ६ लाख, बिएफसीलाई ३ लाख
    उपाधिसँगै सूर्यपुर एफसीले ट्रफीसहित ६ लाख रुपैयाँ पुरस्कार प्राप्त गरेको छ। उपविजेता बिएफसीले ३ लाख रुपैयाँमा चित्त बुझाएको छ।
    प्रतियोगिताको उत्कृष्ट खेलाडी सूर्यपुरका अविनास स्याङ्ताङ घोषित भए। उनले ४० हजार रुपैयाँ पुरस्कार प्राप्त गरे।
    त्यस्तै, सूर्यपुरका विशाल सुनार उत्कृष्ट गोलकिपर, बिएफसीका विवेक मगर उत्कृष्ट डिफेन्डर र बिएफसीकै आकाश थापा मगर उत्कृष्ट मिडफिल्डर घोषित भए।
    प्रतियोगितामा चार गोल गरेका देवदह ब्वाइज रुपन्देहीका सुजित बुढाथोकी सर्वाधिक गोलकर्ता बने। विधागत उत्कृष्ट खेलाडी तथा सर्वाधिक गोलकर्ताले जनही १० हजार रुपैयाँ पुरस्कार प्राप्त गरे।बागमती प्रदेशका भौतिक पुर्वाधारमन्त्री  भरत केसीको प्रमुख आतिथ्यतामा समापन समारोह सम्पन्न भएको थियो भने कार्यक्रमका विशिष्ट अथिती बागमती प्रदेशका पूर्व मन्त्री कृष्ण सिलवालले पुरस्कार , प्रमाणपत्र तथा ट्राफिप्रदान गर्नुभएको थियो ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    सुरज ज्ञवाली

    चितवन,सम्वाददाता

    • आइतवार, आश्विन ४ २०८३१०:५९:२२

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology