Logo शनिवार, आश्विन ३ गते २०८३
images

कांग्रेस १५औँ महाधिवेशन : रूपन्देहीका निर्वाचन अधिकृतलाई अभिमुखीकरण

कांग्रेस १५औँ महाधिवेशन : रूपन्देहीका निर्वाचन अधिकृतलाई अभिमुखीकरण

  • 162
    SHARES

  • कांग्रेस १५औँ महाधिवेशन : रूपन्देहीका निर्वाचन अधिकृतलाई अभिमुखीकरण

    बुटवल ,असोज ३ ।

    नेपाली काँग्रेसको १५औँ महाधिवेशनअन्तर्गत भोलि रुपन्देहीमा हुने वडा अधिवेशनमा खटिने निर्वाचन अधिकृतहरूलाई अभिमुखीकरण गरेको छ ।

    आइतबार हुने वडा अधिवेशनका लागि जिल्ला निर्वाचन समितिले शनिबार पार्टी कार्यालय भैरहवामा १ सय ५५ जना निर्वाचन अधिकृतहरूलाई अभिमुखीकरण गरेको हो ।

    अभिमुखीकरणमा जिल्ला निर्वाचन अधिकृत आरसी गौतम र सहायक निर्वाचन अधिकृत माधव घिमिरेले निर्वाचन प्रक्रिया, विधि, प्रावधान तथा मतदान अधिकृतले निर्वाह गर्नुपर्ने भूमिकाबारे जानकारी गराएका थिए ।

    कार्यक्रममा नेपाली काँग्रेस रुपन्देहीका सभापति रामकृष्ण खाणले पार्टीको आन्तरिक निर्वाचन भएकाले मतदान अधिकृतहरूले तटस्थ र निष्पक्ष भएर निर्वाचन सम्पन्न गराउन आग्रह गरे ।

    उनले निर्वाचनमा खटिएका मतदान अधिकृतलाई आवश्यक सहयोग गर्न पार्टीका नेता तथा कार्यकर्तालाई समेत आग्रह गरे । उपसभापति थानेश्वर घिमिरे र सचिव हरि काफ्लेले पार्टीको आन्तरिक निर्वाचन भएकाले सकेसम्म सर्वसम्मत नेतृत्व चयन गर्ने र सर्वसम्मत हुन नसके लोकतान्त्रिक विधि र प्रक्रियाबाट अधिवेशन सम्पन्न गर्न आग्रह गरे ।

    रुपन्देहीमा एक उपमहानगरपालिका, पाँच नगरपालिका र १० गाउँपालिकासहित १६ वटा स्थानीय तहमा १५५ वडा रहेका छन् । वडा अधिवेशन असोज ४ गते आइतबार हुने काँग्रेसले जनाएको छ ।att.cTW2Aua6h0A-o5np3JRWOGDuofOiyjFKMOsRlqshPwg.jpeg

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    • शनिवार, आश्विन ३ २०८३०४:२८:५४

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology