Logo मंगलवार, श्रावण १२ गते २०८३
images

देशमा कठिन प्रयत्न पश्चात एउटा शान्तिपूर्ण निकास निस्किएको छ :राष्ट्रपति

देशमा कठिन प्रयत्न पश्चात एउटा शान्तिपूर्ण निकास निस्किएको छ :राष्ट्रपति

  • 1.7K
    SHARES

  • देशमा कठिन प्रयत्न पश्चात एउटा शान्तिपूर्ण निकास निस्किएको छ :राष्ट्रपति

    काठमाडौँ,भदौ २८ ।

    राष्ट्रपति रामचन्द्र पौडेलले आगामी फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधिसभाको निर्वाचन सम्पन्न गराउने काममा सहयोग गर्न सबै पक्षलाई अपिल गर्नुभएको छ । 

    राष्ट्रपति पौडेलले शनिबार वक्तव्य जारी गरी बडो जुक्तीले प्राप्त अवसरको सदुपयोग गर्दै जनता रिझाउने र आफैंमा सम्हालिँदै आगामी फागुनका लागि तोकिएको चुनाव सम्पन्न गराउन सबै पक्षलाई हार्दिक अपिल गर्नुभएको हो  । 

    राष्ट्रपति पौडेलले  वक्तव्यमा भन्नुभएको छ, "देशको अत्यन्त असहज, विषम र भयपूर्ण परिस्थितिमा कठिन प्रयत्न पश्चात एउटा शान्तिपूर्ण निकास निस्किएको छ ।

    संविधान बचेको छ, संसदीय प्रणाली बचेको छ र संघीय लोकतान्त्रिक गणतन्त्र कायम रहेको छ । छ महिनाभित्र प्रतिनिधिसभाको निर्वाचन सम्पन्न गरी अझ उन्नत लोकतन्त्रको बाटोमा अघि बढ्न जनताले अवसर पाएका छन्  ।"att.QasJgc6s42Z8n_oxBiQF5a7qxY2YI9uG2NzCxX2erUM.jpeg

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology