Logo बिहिवार, आश्विन १ गते २०८३
images

रूपन्देही ३ उपनिर्वाचन: उम्मेदवार हुन आवेदन दिएकासँग छलफल गर्दै रास्वपा

रूपन्देही ३ उपनिर्वाचन: उम्मेदवार हुन आवेदन दिएकासँग छलफल गर्दै रास्वपा

  • 1.1K
    SHARES

  • रूपन्देही ३  उपनिर्वाचन:  उम्मेदवार हुन आवेदन दिएकासँग छलफल गर्दै रास्वपा


    बुटवल, साउन २५ ।

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले रूपन्देही ३ मा हुन लागेको उपनिर्वाचनमा उम्मेदवार हुन आकांक्षा राखेका ९ जनासँग सामूहिक छलफल गर्न लागेको छ।

    कात्तिक १७ गते हुने उपनिर्वाचनका लागि रूपन्देही ३ मा सुलभ खरेल, पार्थिवेन्द्र उपाध्याय, डा।लेखजंग थापा, ज्ञानु पौड्याल, जितबहादुर गुप्ता, कुसुम महर्जन, रचना क्षेत्री, पुनम अग्रवाल र मधुप्रसाद अर्यालले उम्मेदवार हुन आकांक्षा राख्दै रास्वपामा आवेदन दिएका थिए।

    सहमहामन्त्री विपिनकुमार आचार्यले उनीहरूसँग छलफल चलाउन लागेका हुन्। आइतबार दिउँसो १ बजेदेखि अपराह्न ५ बजेसम्म पार्टी केन्द्रीय कार्यालय चस्मतिमा छलफल हुने आचार्यको भनाइ छ।छलफलको अवलोकन कोषाध्यक्ष लिमा अधिकारी, लुम्बिनी प्रदेश सभापति देवराज पाठकले गर्नेछन्। 

    २०७९ मंसिरमा भएको निर्वाचनमा राप्रपाका दीपक बोहरा रूपन्देही ३ बाट निर्वाचित भएका थिए। उनको निधन भएपछि रिक्त स्थानमा उपनिर्वाचन हुन लागेको हो।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    • आइतवार, श्रावण २५ २०८२०४:०७:५८

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology