Logo बिहिवार, आश्विन १ गते २०८३
images

युवा संघका नेताले गरे जाजरकोट भूकम्प प्रभावितको नाममा चन्दा उठाएर हिनामिना !

युवा संघका नेताले गरे जाजरकोट भूकम्प प्रभावितको नाममा चन्दा उठाएर हिनामिना !

  • 1.3K
    SHARES

  • युवा संघका नेताले गरे जाजरकोट भूकम्प प्रभावितको नाममा चन्दा उठाएर हिनामिना !

    दाङ,असार २९ ।

    राष्ट्रिय युवा संघ लुम्बिनी प्रदेश कमिटीले सचिव सन्तोष वलीले आर्थिक अपचलन गरेको आरोप लगाउँदै छानबीन समिति गठन गरेको छ । हिजो बसेको प्रदेश कमिटीको बैठकले सचिवालय सदस्य कृष्ण पाण्डेको संयोजकत्वमा ५ सदस्यीय छानबीन समिति गठन गरेको अध्यक्ष सुरज खरेलले जानकारी दिए ।

    अध्यक्ष खरेलका अनुसार सचिव वलीले २०८० कार्तिक १६ गते जाजरकोटमा गएको भुकम्प पीडितलाई राहत दिने भन्दै युवा संघका नाममा करिब ४ लाख रूपैयाँ चन्दा उठाएका थिए । उनले चन्दादाताको फोटो सहित सहयोग रकम उल्लेखगरी फेसवुकमा पोष्ट गरेर पछि फेरि डिलिट गरेका थिए ।

    ‘करिब ४ लाख चन्दा उठाएर सचिवले २५ हजार मात्रै संगठनमा बुझाउनु भएको छ’, अध्यक्ष खरेलले भने, ‘बाँकी पैसा हिनामिना भएको छ । त्यसको छानबिन गर्न समिति बनाएका हौं ।’

    बैठकले सचिव वलीले केन्द्रको निर्देशन भन्दै बैठक बहिष्कार गर्नु संगठनात्मक अराजकता भएको ठहर समेत गरेको छ । सचिव वलीले बैठकमा अन्य पदाधिकारी र सचिवालय सदस्यलाई बैठकमा उपस्थित नहुन उर्दी जारी गरेको भन्दै आगामी दिनमा त्यस्तो नगर्न सचेत गराउने निर्णय पनि बैठकले गरेको छ । सचिव वलीले देवु बस्नेतलाई बैठकमा नबोलाएको भन्दै पदाधिकारी र सचिवालय सदस्यलाई बैठकमा सहभागी नहुन निर्देशन दिएका थिए ।

    तर,उनको निर्देशन सबैले उलंघन गरेका गर्दै बैठकमा सहभागी भएका थिए । बस्नेत युवा संघको दशौं महाधिवेशनमा सचिवमा पराजित भएका थिए । प्रदेश सचिव वली र सचिवमा पराजित बस्नेतले बैठकमा सहभागी नहुन भनेको सचिवालय सदस्य दिपक केसीले बताए ।

    अर्का सचिवालय सदस्य राकेश बुढाथोकीले वली र बस्नेतले बैठकमा सहभागी नहुन भनेको भएपनि आफू सहभागी भएको बताए । प्रदेश अध्यक्ष खरेलले सचिवमा पराजित बस्नेतलाई बैठकमा बोलाउन आवश्यक नभएको बताए ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology