Logo बिहिवार, आश्विन १ गते २०८३
images

ठेक्कामा अनियमितता गरेको आरोप लागेका परियारलाई २५ हजार धरौटीमा छाड्न आदेश

ठेक्कामा अनियमितता गरेको आरोप लागेका परियारलाई २५ हजार धरौटीमा छाड्न आदेश

  • 879
    SHARES

  • ठेक्कामा अनियमितता गरेको आरोप लागेका परियारलाई २५ हजार धरौटीमा छाड्न आदेश

    काठमाडौँ,असार २५

    ढल निर्माणको ठेक्कामा अनियमितता गरेको आरोपमा मुद्दा दायर भएका काठमाडौँ महानगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय प्रदीप परियारलाई २५ हजार तथा निर्देशक वसन्त आचार्य र नमराज ढकाललाई ५०/५० हजार रुपैयाँ धरौटीमा छाड्न आदेश विशेष अदालतले गरेको छ ।

    बुधबार बिहान परियार, आचार्य र ढकाल अदालतमा उपस्थित भएका थिए ।उपस्थित भएपछि आजै न्यायाधीशत्रय तेजनारायण सिंह राई, रामबहादुर थापा र रितेन्द्र थापाको इजलासमा उनीहरुको बयान र थुनछेक बहस भएको हो ।

    थुनछेक बहसपछि तीनै जनालाई धरौटीमा छाड्न आदेश भएको अदालतका उपरजिष्ट्रा कृष्णशरण लामिछानेले जानकारी दिए ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology