Logo बिहिवार, आश्विन १ गते २०८३
images

नेकपा (एकीकृत समाजवादी) की नेतृ रामकुमारी झाँक्रीलाई स्पष्टीकरण

नेकपा (एकीकृत समाजवादी) की नेतृ रामकुमारी झाँक्रीलाई स्पष्टीकरण

  • 951
    SHARES

  • नेकपा (एकीकृत समाजवादी) की नेतृ रामकुमारी झाँक्रीलाई स्पष्टीकरण

    काठमाडौँ,असार १८ । 

    नेकपा (एकीकृत समाजवादी) ले नेतृ रामकुमारी झाँक्रीलाई स्पष्टीकरण सोधेको पूर्वप्रधानमन्त्री तथापार्टी अध्यक्ष माधव कुमार नेपाललाई लक्षित गरेर अभिव्यक्ति दिएपछि उनलाई पार्टीको अनुशासन आयोगलेस्पष्टीकरण सोधेको हो  

    झाँक्रीलाई आयोगले स्पष्टीकरण सोधिसकेको प्राप्त हुने जवाफका आधारमा पार्टीमा छलफल भएर आवश्यकनिर्णय हुने सचिव सोमप्रसाद पाण्डेले रातोपाटीलाई जानकारी दिए  

    उनका अनुसार झाँक्रीको अभिव्यक्तिबारे बिहीबार बस्ने सचिवालय बैठकमा छलफल हुनेछ उहाँको गलतअभिव्यक्तिबारे सचिवालय बैठकमा छलफल हुन्छ उहाँले किन त्यस्तो शब्द प्रयोग गर्नुभयो यो गम्भीर विषय हो’, पाण्डेले भने, ‘अनुशासन आयोगले उहाँलाई स्पष्टीकरण सोधेको सायद जवाफ पनि आउला, सोहीअनुसारपार्टीमा छलफल निर्णय हुन्छ

    अध्यक्ष नेपालमाथि लागेको भ्रष्टाचार मुद्दाको विषयलाई लिएर पूर्वमन्त्री समेत रहेकी नेतृ झाँक्रीले अर्लीमहाधिवेशनमार्फत नेतृत्व परिवर्तन गर्न सकिने तर काँधमा मरेको सिनो बोकेर हिँड्न नसकिने भनेर दिएको अभिव्यक्तिदिएकी थिइन्

    अध्यक्ष नेपालमाथि मुद्दा दायर भएपछि नैतिकताको आधारमा उनले अध्यक्ष पदबाट समेत राजीनामा दिएर उच्चनैतिकता देखाउन सक्नुपर्ने आवाज पार्टीभित्र बाहिर समेत उठिरहेका बेला झाँक्रीले सार्वजनिक रूपमा यस्तो बताएकीहुन्

    झाँक्रीले प्रयोग गरेकोसिनोशब्द चयनको विषयलाई लिएर धेरै नेताहरूले आपत्ति जनाइरहेका छन् नेताहरूलेझाँक्रीको उक्त अभिव्यक्ति कुनै हालतमा जायज हुन नसक्ने उनलाई कारबाही हुनुपर्ने मत राख्दै आएका छन्

    शनिबार पार्टीको भ्रातृ संगठन युवा संघ नेपालको लुम्बिनी प्रदेश भेलालाई सम्बोधन गर्दै झाँक्रीले नेतृत्वमा संवैधानिकसंकट आएकाले फेर्नुपर्ने बताएकी थिइन्

    पार्टीमा संकट अध्यक्षकै बारेमा संकट आयो अब के गर्ने ? अब पार्टीलाई पुनर्गठन गरेर अगाडि बढ्ने हो, संकटआयो भनेर भाग्ने होइन पार्टीलाई पुनर्गठन गरौँ कसरी गर्ने ?,’ झाँक्रीको प्रश्न थियो त्यसै क्रममा उनले अर्लीमहाधिवेशन गरेर नेतृत्व परिवर्तन गर्न सकिने तर काँधमा मरेको सिनो बोकेर हिँड्न नसकिने उनको भनाइ थियो  

    कानुनी, संवैधानिक हिसाबले अध्यक्षमाथि समस्या आयो अरू कैयौँ पार्टीका सदस्यमाथि पनि समस्या आएकै अब काँधमाथि मरेको सिनो हालेर हिँड्न सकिँदैन,’ उनको भनाइ थियो  

    अध्यक्ष माधव नेपालविरुद्ध भ्रष्टाचार मुद्दा जारी , नेतृ रामकुमारी झाँक्री मरेको सिनो काँधमा बोकेर हिँड्न नसक्नेअभिव्यक्ति दिन्छिन् अनि विद्यार्थी संंगठनमा समानान्तर कमिटी घोषणा हुन्छ भने पार्टी कसरी चलेको भन्ने स्वतःदेखिएकै ’, एक पदाधिकारीले भने, ‘हाम्रो पार्टीमा कचिङ्गल थपिँदै गएको

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    • बुधवार, आषाढ १८ २०८२०२:५०:११

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology