बुटवल,जेठ २२ ।
हिमालयनन लाइफ इन्स्योरेन्स बुटवल शाखाले आफ्नो कम्पनीको १७ औ बार्षिकोत्सवको अवसर पारेर शैक्षिक सामाग्री वितरण गरेको छ ।
बुटवलमा रहेको श्री जनता माध्यमिक विध्यालयमा उक्त कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रमका प्रमुख अतिथि हिमालयन लाइफ इन्स्योरेन्स लुम्बिनीका उप प्रमुख नहकुल पान्डेले हरेक वर्ष जस्तै यो वर्ष पनि संस्थाले सामाजिक कार्य गर्दै आइरहेको जानकारी दिनुभयो ।
विद्यार्थीको उज्जल भविष्यको कामना सहित जनता माविका विद्यार्थी भाइबहिनीलाई केही भएपनि सहयोग गर्न पाएकोमा खुसी व्यक्त गर्नुभयो । साथै जीवन विमाको महत्त्वबारे प्रकाश पार्नु भएको थियो । कार्यक्रमका अतिथि जनता माविका शिक्षक अभिभावक संघका अध्यक्ष डोलराज पान्डेयले हिमालयन लाइफ इन्स्योरेन्स कम्पनीले आफ्नो वार्षिकोत्सब मनाउनको लागि श्री जनता मा वी रोजेकोमा धन्यवाद ज्ञापन गर्नुभयो । साथै उहाँले जीवन विमा हरेक व्यक्तिलाई आवश्यक रहेको बताउदै विद्यार्थी भाइबहिनीलाई बचत गर्ने बानिको विकास गर्न आग्रह गर्नुभयो । कार्यक्रममा अतिथि उक्त विध्यालयकी शिक्षिका चिना गिरीले हिमालयन लाइफ इन्योरेन्स कम्पनी बुटवल शाखाले गरेको सेवा सहितको सामाजिक कार्य सर्हानिय रहेको बताउदै सहयोगि हातहरूलाइ धन्यवाद व्यक्त गर्नुभयो ।
कार्यक्रममा विद्यार्थीलाइ कापी १८४ थान, कलम २३० थान तथा जमेट्री बक्स ४६ थान शैक्षिक सामाग्री वितरण गरीएको थियो । कार्यक्रममा कम्पनीका अभिकर्ता ,कर्मचारी उक्त स्कुलका शिक्षक शिक्षीका ,अभिभावक तथा विद्यार्थीहरूको उपस्थिति रहेको थियो ।
जनता माविमा हाल २१० जना विद्यार्थी अध्ययनरत रहेका छ्न । उक्त कार्यक्रमको सञ्चालन हिमालयन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड बुटवल शाखाका शाखा प्रमुख सुरेश ज्ञवालीले गर्नु भएको थियो ।
प्राइम, गराँस र युनियन लाइफ इन्स्योरेन्स सहित तीन कम्पनि मिलेर २०८० बैशाख २६ गते देखि एकीकृत कारोबार भए संगै संयुक्त रुपमा हिमालयन लाइफ इन्स्योरेन्सको नामबाट काम गर्दै आइरहेको छ ।
इन्स्योरेन्सले देशभरका विभिन्न स्थानमा आज सामाजिक उत्तरदायित्व अन्तर्गत सामाग्री बितरण कार्य सम्पन्न गरेको हो ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)