Logo बिहिवार, आश्विन १ गते २०८३
images

युवा संघको अध्यक्षमा थेवे र महासचिवमा चौलागाईं विजयी 

युवा संघको अध्यक्षमा थेवे र महासचिवमा चौलागाईं विजयी 

  • 792
    SHARES

  • युवा संघको अध्यक्षमा थेवे र महासचिवमा चौलागाईं विजयी 

    पोखरा,जेठ १४ ।

    नेकपा एमाले निकट राष्ट्रिय युवा संघको पाँचौं महाधिवेशनबाट क्षितिज थेबेको प्यानलै विजयी भएको छ । मत परिणाम अनुसार थेवे १८८ मतान्तरले विजयी भएका हुन् । थेबेले ७९७ ल्याउँदा उनका निकटतम प्रतिद्वन्द्वी सुमन पुरीले ६०८ मत ल्याएका छन् ।

    यस्तै युवासंघको महासचिवमा ७५५ मत ल्याउँदै महेश चौलागाईं विजयी भएका छन् । उनका प्रतिस्पर्धीले ६४९ मत ल्याएका छन् ।

    १ हजार ७६४ मतदाता प्रतिनिधि रहेकोमा १ हजार ४०४ मत खसेको थियो ।क्षितिजकै नेतृत्वमा सर्वसम्मत गर्न नेताहरूले कसरत गरेको भए पनि सुमनले अस्वीकार गरेर मतदान मार्फत नै नेतृत्व चुनिनुपर्ने अडान लिएपछि चुनावी प्रक्रिया अगाडि बढाइएको थियो ।

    महाधिवेशनमा पदाधिकारी र सदस्यमा समेत गरेर ३९९ जनाको उम्मेदवारी परेको थियो ।पदाधिकारी ९ जना सहित १५१ जनाको केन्द्रीय समिति, ४ वटा विभागमा अध्यक्ष, उपाध्यक्ष र सचिव गरेर १६३ पदमा निर्वाचित भएका छन् ।

    यता, खुल्ला सचिवमा भने पुरी प्यानलका अरूणबहादुर कुँवरले जितेका छन् ।

    जम्मा मत
    सुमन पुरी ६०८
    क्षितिज थेवे ७९६

    कुन प्रदेशमा कति ?

    १.सुदूरपश्चिम प्रदेश
    सुमन पुरी ६४
    क्षितिज थेवे ५२
    २. कर्णाली प्रदेश
    सुमन पुरी ५४
    क्षितिज थेवे ५१
    ३. गण्डकी प्रदेश
    सुमन पुरी ३९
    क्षितिज थेवे ८४
    ४. विशेष प्रदेश
    सुमन पुरी ३५
    क्षितिज थेवे ३४
    ५. लुम्बिनी प्रदेश
    सुमन पुरी ७९
    क्षितिज थेवे ५२
    ६. आयोजक
    सुमन पुरी १७६
    क्षितिज थेवे २३४
    ७. कोशी प्रदेश
    सुमन पुरी ३१
    क्षितिज थेवे १५४
    ८. मधेश प्रदेश
    सुमन पुरी ६२
    क्षितिज थेवे ३९
    ९. बागमती प्रदेश
    सुमन पुरी ६८
    क्षितिज थेवे ९६

     

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology