बुटवल,जेठ १० ।
मानवअधिकारवादी नेता कृष्ण पहाडीले ज्ञानेन्द्र शाह नेपालको सर्वाधिक षडयन्त्रकारी रहेको बताएका छन् ।
मानवअधिकार तथा शान्ति समाज रुपन्देहीले शनिवार बुटवलमा गरेको नागरिक आकाक्षां, नागरिक स्वतन्त्रता र सर्वोच्चताविषयक कार्यक्रमलाई सम्बोधन गर्दै मानवअधिकारवादी नेता पहाडीले ज्ञानेन्द्रले पछिल्लो समय त्यही षडयन्त्रगरिरहेको बताएका हुन् ।
उनले गत चैत १५ गते पूर्व राजा ज्ञानेन्द्र शाहकै योजनामा २०/२५ हजार जम्मा गरेर संवेदनशील क्षेत्र कब्जा गरेरनागरिकले विद्रोह गरेको वाहना गरेर सेना मार्फत कब्जा गर्ने रणनीतिमा रहेको बताए ।
'जबकि सैनिक कु को बारेमा चर्चा गरिँदैन, किनभने त्यो अप्रिय कुरा हुन्छ' पहाडीले भने –'प्रवक्ताको स्टेटमेन्टमाराष्ट्रपतीयलाई गिरफ्तार गर्नुपर्छ, प्रधानमन्त्रीलाई गिरफ्तार गर्नुपर्छ भनिएको छ, यो भनेको सेनालाई उचालेको हो।' उनले राजावादीहरूले त्यसरी सेनालाई उचाल्ने काम राज्यविरुद्धको अपराध भएको बताए ।
उनले ज्ञानेन्द्र शाह सेनाको सर्वोच्चता स्थापित गरी नागरिकको स्वामित्वमा स्थापित लोकतान्त्रिक गणतन्त्र मास्नेषडयन्त्रमा लागेको बताए । उनले संविधानमा नागरिक सर्वोच्चतालाई स्थापित गरेको बताउँदै सेनाको सर्वोच्चतास्वीकार्य नहुने बताए ।
उनले ज्ञानेन्द्र शाहले नागरिक स्वतन्त्रताको कुरा गरेको तर्फ संकेत गर्दै सेनालाई मिडिया हाउसमा मेजर पठाएको कालोदिन बिर्सिएको बताए। '१७ साल भाग ३ मञ्चन गर्ने प्रयत्न भइरहेको छ' पहाडीले भने –'अब प्रमुख राजनीतिक दललेआफूलाई सुधार गरेर जानुपर्छ।' उनले २०७२ को संविधानका सवालमा संशोधनको आवश्यकता रहे पनि नागरिककोस्वामित्वमा ल्याएको गणतन्त्र बलियो बनाउन प्रमुख दलहरू एकजुट हुनु आवश्यक रहेको बताए ।
नागरिक आन्दोलनका अगुवा समेत रहेका पहाडीले नयाँ अनुहार सहित सर्वदलीय सरकार बनाउनुपर्ने बताए । उनलेसुशासनलाई एजेन्डा बनाएर सर्वदलीय सरकार बनाउने र त्यही सर्वदलीय संयन्त्रले संविधान संशोधन गरेर जानुपर्नेप्रस्ताव गरे ।
लोकतान्त्रिक गणतन्त्र प्राण हो, नागरिक सर्वोच्चता शिरमा राखेर अन्य कुराहरू दलहरूले संशोधनगर्नसक्छन' उनले भने –'कार्यकारी राष्ट्रपति बनाउने की प्रधानमन्त्री त्यो दलहरूले नै गर्नुपर्छ ।'
उनले नेताहरूले आफूलाई सुधार गरेर नयाँ अनुहारको सरकार र सुशासनलाई कायम गर्न सके नेपाली जनताले वाहवाही गर्ने बताए । तर, केही नेताहरूमा श्री ५ को सर्वोच्चता भनेजस्तै शीर्ष नेताको सर्वोच्चता गराउन खोज्दाव्यवस्थामाथि प्रश्न उठेको बताए ।
|
|
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)