बुटवल,वैशाख २६ ।
७३ औं कानून दिवसमा लुम्बिनी इन्टिग्रेटेड एकेडेमीले वक्तृत्वकला प्रतियोगिता गरेको छ । २००९ सालमा प्रधानन्यायालय ऐन जारी भएको दिनको स्मरणमा कानून दिवसको रुपमा मनाइने गरिएको छ ।
कानून दिवसको अवसरमा ‘शक्ति पृथकीकरणको सिद्धान्त र अभ्यास’ विषयक वक्तृत्वकलामा बोल्दै एकेडेमीका एकेडेमीक कोअर्डिनेटर रामचन्द्र श्रेष्ठले कानुनका विद्यार्थीहरुले राजनीतिक सिद्धान्त र त्यसको सामयिमक अभ्यासहरुबारे पनि अध्ययन गरिरहनुपर्ने बताए ।
श्रेष्ठले नेपालमा शक्ति पृथकीकरणको सिद्धान्तको प्रभावकारी कार्यान्वयन नहुँदा राजनीतिक प्रणालीमाथि नै प्रश्न उठ्ने गरेको बताए । त्यस्तै कानुन संकाय कोअर्डिनेटर अधिवक्ता दामोदर घिमिरेले शक्ति पृथकीकरणको सिद्धान्तको इतिहासको चर्चा गरे ।
वक्तृत्वकलामा प्रतियोगितामा बीएएलएलबी प्रथम वर्षको अजिता पाण्डे प्रथम, बीएएलएलबी दोस्रो वर्षको नवराज उपाध्याय दोस्रो, बीएएलएलबी दोस्रा वर्षको धारणा शर्मा तृतीय र प्रथम वर्षका सुन्दर डाँगी र दोस्रो वर्षका यमुना आचार्य सान्त्वना पुरस्कार प्राप्त गरेको थिए ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)