बुटवल,बैसाख १३ ।
नेपाली कांग्रेस अर्घाखांची छत्रदेव रूपन्देही सम्पर्क समितिको दोस्रो अधिवेशन सम्पन्न भएको छ ।
बुटवलमा एक कार्यक्रमका बिच अधिवेशन सम्पन्न भएको हो ।समितिका अध्यक्ष भोजराज पाण्डेको अध्यक्षतामा भएको कार्यक्रममा बोल्ने बक्ताहरूले कांग्रेसलाइ जनताको सुखदुखको साथी बनाउनुपर्ने बताए ।
सो अवसरमा बोल्दै प्रमुख अतिथि नेपाली कांग्रेस लुम्बिनी प्रदेश कोषाध्यक्ष प्रकाश रानाले अब परिवर्तित कांग्रेस जनताको चाहाना भएको भन्दै कार्यकर्तालाइ शशक्त भएर अघि बढ्न आग्रह गर्नुभयो ।
सो अवसरमा कांग्रेस अर्घाखांची जिल्ला सभापति केशव श्रेष्ठ,उपसभापति बाबुराम पौडेल,उपसभापति बिष्णु भुसालसचिव कृष्णप्रसाद भुसाल,सहसचिव मेघराज पाण्डे,जिल्ला सहसचिव तथा छत्रदेव ६ का वडाध्यक्ष कमल पौडेल,महासमिति सदस्य पिताम्बर खनाल,नेपाली कांग्रेस अर्घाखांची रूपन्देही सम्पर्क समितिका सभापति तुल्सी भुसाल,कांग्रेस सैनामैना नगर सभापति रणबहादुर खनाल,छत्रदेवका सभापति प्रकाशराज पन्थी,राजेशकुमार पन्थी,तरूण दल केन्द्रिय सदस्य बिनोद घिमिरे ,,इन्दिरा भुसाल,उपासभापति गुणनिधि खनाल,धन्यवाद ज्ञापन टेक नारायण टण्डन, सचिव विश्वमणि भुसाल,नेविसंघ नेता रमेश पाण्डे,बिकास पाण्डे लगायतले बोल्दै कांग्रेसलाइ बलियो शक्तिका रूपमा स्थापित गर्नुपर्ने बताएका थिए ।
अधिवेशनले विश्वमणि भुसालको अध्यक्षतामा नयां नेतृत्व चयन गरेको छ ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)