Logo बिहिवार, आश्विन १ गते २०८३
images

बर्खास्तिमा परेका उर्जा राज्यमन्त्रीले भने,-‘जनजातिलाइ देखी नसहने सरकार किन राख्ने?’

बर्खास्तिमा परेका उर्जा राज्यमन्त्रीले भने,-‘जनजातिलाइ देखी नसहने सरकार किन राख्ने?’

  • 1.4K
    SHARES

  • बर्खास्तिमा परेका उर्जा राज्यमन्त्रीले भने,-‘जनजातिलाइ  देखी नसहने सरकार किन राख्ने?’

    काठमाडौं, वैशाख १०

    बर्खास्तीमा परेका ऊर्जा, जलस्रोत तथा सिंचाइ राज्यमन्त्री पूर्णबहादुर तामाङले आज राति आफूले सपना राम्रोनदेखेको बताएका छन्। 

    आज बुधबार प्रधानमन्त्री केपी शर्मा ओलीले बर्खास्त राज्यमन्त्रीबाट बर्खास्त गरेपछि तामाङले राति सपना नराम्रो देखेपछि मन्त्रालय नै नगएको बेला बर्खास्तीमा परेको प्रतिक्रिया दिएका हुन्। 

    आज मन्त्रालय गइनँ। राति सपना त्यति राम्रो थिएन त्यही भएर गएनँ। किन किन मन्त्रालय गइनँ,’ उनले भने, ‘केहीबेर अघि प्रधानमन्त्रीले हटाउनुहुने भयो राजीनामा दिनु भनेर गृहमन्त्रीले फोन गर्नु भएको थियो। मैले दिन्न भनेँ।

    उनले आफूले राजीनामा दिन आफ्नै पार्टी नेपाली कांग्रेसले निर्देशन दिनुपर्ने बताए।

    पार्टीले फिर्ता बोलाउनुपर्‍यो नि, प्रधानमन्त्रीले बोलाउने हो ?,’ उनले भने, ‘ खुसी नै छु। अनुभव भयो नि। तर मैलेराजीनामा दिनुपर्ने कारण थिएन। मैले झन्डै प्रधानमन्त्रीकै जति भोट ल्याएर जितेको मान्छे पो हुँ त।’ 

    उनले प्रधानमन्त्री तथा सत्तामा भएकाहरूले जनजातिलाई देखी नसहेको आरोप पनि लगाए। 

    मलाई हटाउनुको कारण दुई-तीनवटा छन् नि। एउटा जनजातिलाई देखी सहेनन्। अर्को कुलमानलाई हटाएकोविषयमा अलिअलि बोलिदिएको थिएँ,’ उनले भने, ‘अर्को कारण कुनै आयोजनाको डीपीआर बनाउन एमालेलेभनेअनुसारको बजेट राखेर गर्ने निर्देशन आयो मैले डीपीआरको खर्च कसले बेहोर्छ भनेर सोधेको थिएँ उनीहरूलाई चित्तबुझेन।

    उनले अब सरकार ढाल्नतिर लाग्ने दाबी पनि गरे। उनले भने, ‘अब सरकार ढाल्नतिर लाग्ने हो नि।जनजातिलाई देखी नसहने सरकार किन राख्ने?’ 

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    • बुधवार, बैशाख १० २०८२०७:५७:१०

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology