बुटवल,चैत्र १९ ।
सांसद दीपक बोहराको निधन भएको छ। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ नेता एवं पूर्वमन्त्री बोहराको आज उपचारको क्रममा काठमाडौंको ओम अस्पतालमा बिहान १० : ५० बजेतिर निधन भएको पारिवारिक स्रोतले जनाएको छ। आज बिहान ७४ बर्षको उमेरमा दुखद निधन भएको हो ।
उनी पोस्ट कोभिडको समस्याबाट लामो समयदेखि अस्वस्थ थिए। बोहरा रुपन्देही क्षेत्र नम्बर ३ बाट निर्वाचित सांसद हुन्। उनले कांग्रेस नेता बालकृष्ण खाँणलाई पराजित गरेका थिए।
अहिले राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन लगायतका शीर्ष नेता तथा कार्यकर्ता अस्पतालमा पुगिरहेका छन्। उहाको पार्थिव शरीर रुपन्देही, भैरहवा स्थित उहाको निवासमा दिउँसो २:३० बजे ल्याइने परिवारिक श्रोतले जानकारी दिएको छ ।
उहाँका २ छाेरा छन् ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)