Logo शनिवार, आश्विन ३ गते २०८३
images

नेकपा एस रुपन्देहीमा नयाँ नेतृत्व, अध्यक्षमा हिराध्वज शाह निर्वाचित

नेकपा एस रुपन्देहीमा नयाँ नेतृत्व, अध्यक्षमा हिराध्वज शाह निर्वाचित

  • 3.2K
    SHARES

  • नेकपा एस  रुपन्देहीमा नयाँ नेतृत्व, अध्यक्षमा हिराध्वज शाह निर्वाचित

    बुटवल, चैत १० । 
    नेकपा (एकिकृत समाजवादी) रूपन्देहीकाो अध्यक्षमा हिराध्वज शाह सर्वसम्मत निर्वाचित भएका छन् ।

    आईतबार सम्पन्न पार्टीको १० औं जिल्ला अधिवेशनले शाहको नेतृत्वमा ६७ सदस्यीय जिल्ला कार्यसमिति सर्वसम्मत चयन गरेको हो । लामो राजनीतिको अनुभव सगालेका शाहले आफूले नेकपा एकिकृत समाजवादीलाई रुपन्देहीमा सशक्त पार्टीका रुपमा स्थापित गर्ने प्रतिबद्धता जनाए । उनले सबै पक्षलाई मिलाएर पार्टी गतिविधिलाई अगाडि बढाउने समेत उनले बताए । 
    अधिवेशनले उपाध्यक्षमा अविराम विश्वकर्मा, अर्का उपाध्यक्षमा मिरा श्रेष्ठ, सचिवमा टंक प्रसाद पोख्रेल निर्वाचित भएको निर्वाचन मण्डलका अध्यक्ष फर्सुराम घिमिरेले बताए ।

    यसैगरी उप–सचिवमा रामबहादुर बस्नेत, बाबुराम अर्याल र शारदा पहारी चयन भएका छन् । 
    यसैगरी विधानले तोके अनुसारको समावेशि सदस्यहरु सहित ६७ सदस्य सर्वसम्मत निर्वाचित भएको निर्वाचन मण्डलले जनाएको छ । निर्वाचितहरुलाई निर्वाचन मण्डलको उपस्थितीमा प्रमणपत्र प्रदान गरिएको छ ।

    पोलिटब्यूरो सदस्य नन्दलाल बन्जाडेले अध्यक्षतामा गठन गरिएको अध्यक्ष मण्डलमा पाृलिटब्यूरो सदस्य अब्दुल हुसेन खाँन, केन्द्रीय सदस्य सिद्धिचरण भट्टराई, भगवती घिमिरे, उमा काफ्ले, लक्ष्मी भुसाल, बाबुलाल यादव रहेका थिए ।

    शनिबार उद्घाटन गरिएको अधिवेशनको आईतबार बन्दसत्र भएको थियो । अधिवेशनको शनिबार नेकपा एकिकृत समाजवादीका महासचिव घनश्याम भुसालले उद्घाटन गरेका थिए ।61d2be31ac870fe7a9c572217347ea2e.jpeg

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    • आइतवार, चैत्र १० २०८१०८:१५:३८

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology