Logo बिहिवार, आश्विन १ गते २०८३
images

प्रेस चौतारी नेपालको १० औं राष्ट्रिय महाधिवेशन शुरु

प्रेस चौतारी नेपालको १० औं राष्ट्रिय महाधिवेशन शुरु

  • 1.1K
    SHARES

  • प्रेस चौतारी नेपालको १० औं राष्ट्रिय महाधिवेशन शुरु

    मोरङ,चैत्र १० ।

    प्रेस चौतारी नेपालको १० औं राष्ट्रिय महाधिवेशन शुरु भएको छ। विराटनगरमा आजबाट सुरु भएको महाधिवेशनले नयाँ नेतृत्व चयन गर्नेछ। प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले महाधिवेशन उद्घाटन गर्ने कार्यक्रम भए पनि अन्तिम समयमा महासचिव शंकर पोखरेल प्रमुख अतिथिका रुपमा रहेका छन्।

    महासचिव पोखरेलले महाधिवेशनको उद्घाटन गरेकाछन्। तीनदिन सम्म चल्ने महाधिवेशनको नयाँ नेतृत्वका लागि राजेश राई र गणेश पाण्डेबीच प्रतिस्पर्धा हुने भएको छ।

    यद्यपि, केन्द्र तहबाट एकपक्षलाई अध्यक्ष बनाउने सर्कुलर आइएको जनाएको बताउँदै महाधिवेशनमा सहभागि एक प्रतिनिधीले भने, ‘माथिबाटै एक जनालाई अध्यक्ष बनाउनु भनिएको सुनिएको छ। तर हामी त्यसो हुन दिदैंनौ।

    नयाँ अध्यक्ष निर्वाचनबाट गरिनुपर्छ। यसैका लागि मुलुकभरका प्रतिनिधि यहाँ भेला भएका छौँ।’ महाधिवेशनका लागि करिब ८ सय प्रतिनिधि विराटनगरमा उपस्थित रहेका छन्।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology