बुटवल,चैत ८ ।
बुटवलमा दोस्रो लुम्बिनी मिडिया सम्मेलन सुरु भएको छ ।प्रकाशन तथा प्रसारण संघ लुम्बिनीको आयोजनामा भएको मिडिया सम्मेलनको उद्घाटन गर्दै बुटवल उपमहानगरपालिकाका नगर प्रमुख खेलराज पाण्डेयले सञ्चार ग्राम स्थापनामा जोड दिनुभयो ।
बुटवलमा सञ्चार गृहको व्यबस्थापन र विकासका लागि सञ्चार ग्रामको अवधारणा ल्याईएको बताउँदै उहाँले सञ्चार ग्रामको स्थापनामा सहयोग गर्न आग्रह गर्नुभयो ।उहाँले सञ्चार जगतका लागि विनियोजन गरिएको बजेटमा सञ्चार क्षेत्रकै व्यक्तिहरुबाट बिरोध भईरहेको बताउदै त्यसले सञ्चार क्षेत्रको विकासमा बाधा पुरयाउने भएकाले त्यतातिर ध्यान दिन आग्रह गर्नुभयो ।
उहाँले पूर्व-पश्चिम र उत्तरदक्षिणको संगम बुटवल धेरै कुरामा सम्भावना बोकेको बताउँदै आसपासका कुराहरुबाट समेत लाभ लिन सकिने भएकाले त्यसमा सबैको साथ र सहयोको लागि आग्रह गर्नुभयो ।
दुईदिनसम्म चल्ने मिडिया सम्मेलनमा सञ्चार माध्यमलाई कसरी चलायमान बनाउन सकिन्छ, मिडियालाई जोगाउने र मिडियाकर्मीलाई बचाँउने आधारहरु के–के हुन सक्छन् भन्ने विषयमा छलफल गरिने समाजका अध्यक्ष नवराज कुवरले जानकारी गराउनु भयो ।
मिडिया सम्मेलनमा पत्रकारिताका वरिष्ठ व्यक्ति र विज्ञहरुको सहभागिता रहेको छ । मिडिया सम्मेलनमा ‘परम्परागत मिडिया स् आजको अवस्था, भोलिको बाटो’, छापा माध्यम, किन र कसका लागि ?, अनलाइन पत्रकारिता, विज्ञापन बजार, सञ्चार संस्था नियमन या नियन्त्रण, पत्रकार र पत्रकार महासंघ लगायतका विषयमा छलफल गरिने प्रकाशन तथा प्रसारण संघ लुम्बिनीका सचिव माधव नेपालले जानकारी दिनुभयो ।
मिडिया सम्मेलनले सञ्चार माध्यमको विद्यमान अवस्था, अव गर्नुपर्ने काम र भावी कार्यदिशा तय गर्ने र ठोस कार्ययोजना बनाउने छ । त्यस्तै सञ्चार माध्यमले आगामी दिनमा तय गर्नुपर्ने विषयवस्तुबारे स्पष्ट मार्गनिर्देश गर्ने अपेक्षा गरिएको समाजका उपाध्यक्ष विष्णु भुसालले बताउनु भयो ।
यी समाचारहरू पनि पढाैँ:-
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)