Logo मंगलवार, कार्तिक १८ गते २०८३
images
images

१३ बुँदे घोषणापत्र जारी गर्दै सकियो मिडिया सम्मेलन-२०८० (पूर्णपाठ)

१३ बुँदे घोषणापत्र जारी गर्दै सकियो मिडिया सम्मेलन-२०८० (पूर्णपाठ)

  • 1.9K
    SHARES

  • १३ बुँदे घोषणापत्र जारी गर्दै सकियो मिडिया सम्मेलन-२०८० (पूर्णपाठ)

    बुटवल,भदौ ३ ।

    बुटवलमा भएको  दुइदिने मिडिया सम्मेलन १३ बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न भएको छ । लुम्बिनी प्रदेशका संचार माध्यमहरुको संस्थागत विकास र व्यवसायिक एकरुपता कायम गर्ने उद्देश्यले बुटवलमा मिडिया सम्मेलन भएको हो ।

    सम्मेलनले सञ्चार गृहहरुमा देखिएको आर्थिक संकट समाधानका लागि तीन तहकै सरकार गम्भीर बन्नुपर्ने घोषणा गरेको छ । त्यसका लागि तीनै तहका सरकारले मिडिया सवलीकरण कार्यक्रम तयार गर्न पनि सम्मेलनले माग गरेको छ ।

    समानुपातिक विज्ञापन वितरण प्रणालीलाई नीतिगत रुपमै व्यवस्था गरी कार्यान्वयन गर्न र उक्त विज्ञापन पत्रपत्रिका, रेडियो र टेलिभिजनहरुलाई सिधै उपलब्ध गराउन पनि माग गरिएको छ । प्रकाशन तथा प्रसारण संघ लुम्बिनीको आयोजनामा भएको सम्मेलनले लुम्बिनी प्रदेशका सञ्चार गृहको वास्तविक अवस्था र समस्या पहिचान गर्न सहयोग पुगेको संघका अध्यक्ष नवराज कुँवरले बताए ।

    सरकारले लिँदै आएको विद्युतीय सञ्चार माध्यमको नवीकरण दस्तुर र रोयल्टी शूल्कमा पूर्ण छुटको व्यवस्था गर्न र रेडियो, टेलिभिजन, अनलाइन, छापा माध्यमहरु तथा सञ्चार उद्योगहरुको विद्युत महशुलमा छुटको व्यवस्था सुरु गर्न पनि सम्मेलनले माग गरेको छ ।

    घोषणापत्र लेखन समितिका संयोजक जगदीश भट्टराईले सरकारले संचार गृहलाई दिँदै आएको लोककल्याणकारी विज्ञापनको रकम सतप्रतिशत बृद्धि गर्न, रेडियोहरु र टेलिभिजनको लाइसेन्स नवीकरण व्यवस्थालाई सरल र सहज बनाउन, दर्ताबिना सञ्चालन भएका मिडियाको अनुगमन गरी कानुनी प्रक्रियामा ल्याउन, संघीय शासन पद्दतिको मर्मलाई समेत ध्यानमा राखेर प्रेस पास वितरण, भुक्तानी, वर्गीकरण र अनुगमन जिल्ला तहमै गर्ने संयन्त्र तयार गर्न पनि माग गरिएको बताए ।media sammelan.jpg

    प्रेस काउन्सिल नेपालले मिडिया विकास कोषमार्फत प्रादेशिक र स्थानीय मिडियाको विकासमा लगानी गर्न, मिडिया उपकरण खरिदमा व्याज अनुदान दिने व्यवस्थालाई अझ प्रभावकारी बनाएर मोफसलका मिडियालाई प्राथमिकतामा राख्न, बुद्धको जन्मस्थल लुम्बिनीलाई विश्वको शान्ति शहरका रुपमा विकास र लुम्बिनी प्रदेशको पर्यटन प्रवर्द्धनमा सहयोग गर्न पनि सम्मेलनले सरकारसँग माग गरेको उपाध्यक्ष बिष्णु भुसालले जानकारी दिए।

    सम्मेलनमा लुम्बिनी प्रदेशका १२ वटै जिल्लाका छापा, रेडियो, टेलिभिजन र अनलाइन मिडियाका झण्डै १ सय ५० संचालक एवं प्रकाशकहरुको सहभागिता थियो । सम्मेलनको लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले शुक्रबार उद्घाटन गरेका थिए ।

    मिडिया हाउस सक्षम र सवल भए मात्र श्रमजीवी पत्रकार ऐनको व्यवहारिक कार्यान्वयन गर्न सकिने भएकाले सम्मेलन मार्फत यस विषयमा सबै पक्ष गम्भीर हुनुपर्ने विषयमा पनि सम्मेलनले जोड दिएको सचिव माधव नेपालले बताए ।MEDIA.jpg

    मिडिया सम्मेलन २०८० बसन्तपुर घोषणा पत्र पूर्णपाठ :

    प्रदेश भित्रका सम्पुर्ण मिडियाका सञ्चालकहरुको सहभागीता, प्रकाशन तथा प्रसारण संघ लुम्बिनीको आयोजनामा मिति २०८० साल भाद्र १ र २ गते चलेको मिडिया सम्मेलन २०८० मा उठेका सवाललाई समेटेर यो बसन्तपुर घोषणा पत्र २०८०, सार्वजनिक गरिएको छ ।  
    १) लुम्बिनी प्रदेशमा मिडिया हाउसहरुको संख्या उल्लेख्य छन् । मिडिया हाउसमा लुम्बिनी प्रदेश भित्र हजारौ संख्यामा सञ्चारकर्मी सहित विभिन्न पदमा कार्यरत जनशिक्त  छन् । मिडिया हाउसहरुलाई कोरोना कहरसंगै सरकारी क्षेत्रको नीतिगत अस्पस्टताको कारणले मिडिया उद्योगले सोचे अनुसारको सामाजिक उत्तरदायित्व वहन गर्न सकेका छैनन् । त्यसैले सरकारी र नीजि क्षेत्रले मिडिया हाउसलाई सहयात्रीको रुपमा सहकार्य गर्ने वातावरण वनाउन सम्मेलन माग गर्दछ । 
    २) मिडिया हाउस आर्थिक रुपले सवल र सक्षम हुन नसकेकाले सोचे अनुसारको मिडियाको सामग्री उत्पादन र मिडियाकर्मीलाई पारिश्रमिक उपलब्ध गराउन कठिन भएको छ । त्यसैले मिडियालाई सबल बनाउन आर्थिक पक्ष बलियो हुनुपर्दछ । मिडिया हाउसहरुको मुख्य आम्दानीको स्रोत विज्ञापन बजार हो । यसलाई व्यवस्थित गर्न संघीय सरकार, प्रदेश सरकार र स्थानीय सरकारसंगै उद्योग, व्यवसाय र अन्य निकायहरुले मिडिया हाउसलाई सवलिकरण र सामाजिक जवाफदेहीता अभिबृद्धिमा लाग्न प्रोत्साहन गर्न र समानुपातिक विज्ञापन वितरण  प्रणालीलाई नीतिगत रुपमा व्यवस्था गरी कार्यान्वयन गर्न यो सम्मेलन माग गर्दछ । 
    ३) मिडिया हाउस सक्षम र सवल भएको खण्डमा मात्र श्रमजीवी पत्रकार ऐनको व्यवहारिक कार्यान्वयन गर्न सकिने भएकाले सम्मेलन मार्फत यस बिषयमा सबै पक्ष गम्भिर हुनुपर्ने र हाल देखिएको आर्थिक संकट समाधानका लागि तीनै तहका सरकारहरुले मिडिया सवलीकारणका कार्यक्रम सञ्चालन गर्न यो सम्मेलन आग्रह गर्दछ । 
    ४) तिनै तहका सरकारले प्रदान गर्ने विज्ञापनको समानुपातिक वितरण प्रणालीका आधारमा रेडियो, पत्रपत्रिका, टेलिभिजन र अनलाइनलाई दिइने विज्ञापनहरु सिधै सञ्चारगृहलाई उपलव्ध गराउने व्यवस्था मिलाउन यो सम्मेलन जोडदार माग गर्दछ । 
    ५) सरकारले लिदै आएको विद्युतीय सञ्चार माध्यमको नविकरण दस्तुर र रोयल्टी दस्तुरहरु पूर्ण छुटको व्यवस्था गर्न र रेडियो, टेलिभिजन, अनलाईन, छापामाध्यमहरु तथा सञ्चार उद्योगहरुको विद्युत महशुलमा छुटको व्यवस्था अविलम्व शुरु गर्न यो सम्मेलन माग गर्दछ । 
    ६) नीजि क्षेत्रलाई ‘विज्ञापन, व्यवसाय प्रवद्र्धनमा गरिएको लगानी हो, यसको प्रतिफल तत्काल भन्दामा पनि दीर्घकालीन हुन्छ’ भन्ने बुझाईलाई व्यापक बनाउन मिडिया उद्योगले सहयोग गर्ने र मिडिया उद्योगको प्रर्वद्धनमा सहकार्यका लागि नीजि क्षेत्रलाई अभिपे्ररित गर्न आवश्यक वातावरण वनाउन यो सम्मेलन माग गर्दछ ।  
    ७) सरकारले संचारगृहलाई दिंदै आएको लोककल्याणकारी विज्ञापनको रकम शतप्रतिशत बृद्धि गर्न, यो सम्मेलन माग गर्दछ । 
    ८) रेडियो र टेलिभिजनको लाइसेन्स नविकरण व्यवस्थालाई सरल र सहज बनाउनुपर्ने यो सम्मेलन माग गर्दछ । साथै दर्ता विना कतिपय मिडिया सञ्चालन भएकाले यसको अनुगमन गरी दर्ता प्रक्रिया र कानूनी दायरामा ल्याउन समेत जोडदार माग गर्दछ । 
    ९) संघीय शासन पद्धतिको मर्मलाई समेत ध्यानमा राखेर प्रेस पास वितरण, लोककल्याणकारी विज्ञापन सम्बन्धी निर्णय, भुक्तानी, वर्गीकरण र अनुगमन जिल्लास्तरमै हुनेगरी संयन्त्र तयार गर्न यो सम्मेलन माग गर्दछ । 
    १०) प्रेस काउन्सिल नेपालले मिडिया विकास कोषमार्फत प्रादेशिक र स्थानीय मिडियाको विकासमा लगानी गर्न, मिडिया उपकरण खरिदमा व्याजअनुदान दिने व्यवस्थालाई अझ प्रभावकारी बनाएर मोफसलका मिडियालाई बिषेश प्राथमिकताका साथ सहयोग गर्न यो सम्मेलन प्रेस काउन्सिल नेपाल समक्ष अनुरोध गर्दछ ।  
    ११) बुद्धको जन्मस्थल लुम्बिनीलाई विश्वको शान्ति शहरका रुपमा विकास गर्न सरकारसंग यो सम्मेलन माग गर्दछ ।  
    १२) लुम्बिनी प्रदेशको पर्यटन प्रर्वद्धनका लागी लुम्बिनी केवलकार सञ्चालन भएकाले नीजि क्षेत्रलाई प्रदेशस्तरमा अन्य पर्यटकीय पूर्वाधार विकासका लागि थप लगानीको वातावरण सिर्जना गर्न सरकारसंग यो सम्मेलन माग गर्दछ ।
    १३) भाद्र १ गते बुटवल र २ गते पाल्पाको बसन्तपुरमा आयोजित यस सम्मेलन सफल पार्न सहयोग पु¥याउने प्रदेश सरकार, स्थानीय सरकारहरु, नीजिक्षेत्र र विभिन्न संघ संस्थाप्रति हार्दिक आभार व्यक्त गदै अगामी दिनमा यस्तै सहकार्य रहिरने विश्वास व्यक्त गर्दछौ । 
    अन्त्यमा, प्रदेशका मिडिया हाउसहरुको सवलिकरणमा तिनै तहका सरकारहरु र नीजिक्षेत्रसंग सहकार्य गर्न प्रकाशन तथा प्रसारण संघ, लुम्बिनी सदैब तयार रहेकाले मिडिया हाउसको विकासले प्रदेशको संमृद्धि र विकासमा सहयोग पुग्ने अपेक्षा गर्दछौ । 

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology