बुटवल,माघ ६ ।
बुटवल -११ नहरपुरमा रहेको ज्ञानपुञ्ज इङ्गलीस बोर्डिङ सेकेन्डरी स्कुलमा आइतबारदेखि खेल सप्ताह सुरु भएको छ ।
मन्टेश्वरीदेखि कक्षा ७ सम्म चारदिन विभिन्न बिधामा खेल सन्चालन हुने र कक्षा ८ देखि १० सम्मका विद्यार्थीहरुका लागि माघ १५ गतेदेखि खेल सुरुहुने बिद्यालयका प्राचार्य तोयाराम पौडेलले बताए । उनले विद्यार्थीको पढाईसंगै उनीहरुमा भएको क्षमता प्रस्फुटन गर्नका लागि अतिरिक्त क्रियाकलाप अन्तर्गत खेल सप्ताह सुरु गरेको बताए ।
उक्त खेल सप्ताहमा बिद्यालयमा अध्ययनरत १ हजार ३ विद्यार्थीहरुले भाग लिने बिद्यालयका ईसिए इन्चार्ज हरि भट्टराईले बताए । कार्यक्रममा बुटवल उपमहानगरपालिकाका शिक्षा शाखा प्रमुख टिकाराम पन्थीले खेलको उद्घाटन गरेका थिए ।
कार्यक्रमका प्रमुख अतिथि समेत रहेका पन्थीले बोल्दै खेलकुद विद्यार्थीहरुका लागि अत्यन्तै महत्वपूर्ण हुने बताउँदै अध्ययनसंगै खेलमा अगाडि बढाउन आवश्यक रहेको बताए ।
उनले प्रविधिको युगसंगै व्यवहारिक शिक्षा अहिले अपरिहार्य भएको बताए । पहिलो दिन आज डोरी तान्ने खेल ,ब्याडमिन्टन, टेवलटेनिस, कबड्डी छात्र र छात्रा प्रतियाेगिता भएको ज्ञानपुन्जले जनाएको छ ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)