Logo बिहिवार, आश्विन १ गते २०८३
images

पशुपति कलेजको १९ औं वार्षिकोत्सव

पशुपति कलेजको १९ औं वार्षिकोत्सव

  • 1.3K
    SHARES

  • पशुपति कलेजको १९ औं वार्षिकोत्सव

    भैरहवा,मंसिर १४ ।

    रक्तदान महादान भन्ने मुल मन्त्रलाई आत्मासाथ गर्दै पशुपति कलेजमा रक्तदान कार्यक्रम भएको छ । १९ औं वार्षिकोत्सवको अवसरमा कोटिहवामा रहेको पशुपति कलेजले रक्तदान गरेको हो ।

    कलेजले मंसिर १६गते हुने वार्षिकोत्सवको अवसरमा सप्ताह व्यवापी कार्यक्रम गर्दै आएको छ । पठनपाठन सँगै शैक्षिक उन्नयनका लागि साहित्य तथा खेलकुदका कार्यक्रमहरु गर्दै कलेज अगाडि बढेको छ ।

    सप्ताह व्यापी कार्यक्रम अन्तर्गत वतृत्वकला प्रतियोगिता, खुला कविता प्रतियोगिता, निबन्ध लेखन प्रतियोगिता, टपरी खुट्ने प्रतियोगिता, सर्टपुर्ट प्रतियोगिता, छात्र तथा छात्राको भलिवल प्रतियोगिता, हाजिरजवाफ प्रतियोगिता, कुर्ची दौड प्रतियोगिता र रक्तदान प्रतियोगिता गरेको क्याम्पस प्रमुख जितबहादुर राजकोटीले जानकारी दिए ।

    १९ औं वार्षिकोत्सवको अवसरमा २० युनिट रगत संकलन गरी नेपाल रेक्रस सोसाइटिलाई प्रदान गरेको कार्यक्रम संयोजक केशबप्रसाद यादवले जानकारी दिए ।

    pp (1).jpg

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology