काठमाडौं, मंसिर ७ ।
प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सहकारी ठगी गर्नेहरू अरूलाई गाली गर्दै हिँडेको बताएका छन्।शुक्रबार दरमारमार्गमा जागरण सभालाई सम्बोधन गर्दै ओलीले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई लक्ष्य गर्दै सहकारी ठगी गर्नेहरू अरूलाई गाली गर्दै हिँडेको बताएका हुन्।
'उल्टै कति कति सहकारीमा ठगीका प्रमाणहरू छन्। आफै सहकारी ठगी गर्ने, अरूलाई मुख छाड्ने? अरूलाई गाली गर्ने?,' ओलीले भने। उनले अहिलेको सरकारलाई कुनैपनि प्रकार भ्रष्टाचार सह्य नहुने बताए।
'कुनैपनि प्रकारको ठगी सह्य हुनेछैन। कुनै प्रकारको मानव तस्करी सह्य हुनेछैन। कसैलाई पनि नेकपा एमाले र अहिलेको सरकारले जुनसुकै पक्षको होस् जोसुकै होस्। अनुहार हेर्दैन अपराध गर्नेलाई कारबाही गर्छ,' ओलीले भने।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)