Logo बिहिवार, आश्विन १ गते २०८३
images

सिटिजन्स बैंकले ४.२१ प्रतिशत लाभांश दिने

सिटिजन्स बैंकले ४.२१ प्रतिशत लाभांश दिने

  • 1.0K
    SHARES

  • सिटिजन्स बैंकले ४.२१ प्रतिशत लाभांश दिने

    काठमाडौं,असोज ७।

    सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले आफ्ना लगानीकर्तालाई ४.२१ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ । बैंकको सोमबार बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०८०/०८१ को मुनाफाबाट ४.२१ प्रतिशत लाभांश स्वीकृत गरेको छ । 

    सञ्चालक समितिको बैठकले प्रस्ताव गरेअनुसार आर्थिक वर्ष २०८०/०८१ को वितरणयोग्य मुनाफाबाट गत असार मसान्तसम्मको चुक्तापुँजीको आधारमा चार प्रतिशतले बोनस सेयर र कर प्रयोजनका लागि ०.२१ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको हो ।

    नेपाल राष्ट्र बैंकको स्वीकृति प्राप्त गरेपछि बैंकको आगामी वार्षिक साधारणसभाले पारित गरेपश्चात सेयरधनीले प्राप्त गर्नेछन् । सिटिजन्स बैंकले देशैभरी ६० जिल्लामा फैलिएका आफ्ना १९७ वटा शाखा कार्यालय, १६२ वटा एटीएम, तीन विस्तारित काउन्टर र ७४ वटा शाखारहित बैंकिङ इकाइमार्फत सेवा दिँदै आएको छ ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology