Logo बुधवार, श्रावण १३ गते २०८३
images

हिमालयन लाइफ इन्स्योरेन्सद्वारा अभिकर्ता सम्मान तथा तीज मिलन

हिमालयन लाइफ इन्स्योरेन्सद्वारा अभिकर्ता सम्मान तथा तीज मिलन

  • 1.4K
    SHARES

  • हिमालयन लाइफ इन्स्योरेन्सद्वारा अभिकर्ता सम्मान तथा तीज मिलन

    बुटवल,भदौ ११ ।

    हिमालयन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड बुटवल शाखाद्वारा अभिकर्ता सम्मान तथा तीज मिलन कार्यक्रम सम्पन्न भएको छ । बुटवलमा आयोजित कार्यक्रममा आर्थिक बर्ष २०८०-८१ का शाखाका उत्कृष्ट  वरिष्ठ एजेन्सी म्यानेजर , एजेन्सी म्यानेजर तथा अभिकर्ताहरूलाइ सम्मान गरिएको हो ।

    कार्यक्रमका अध्यक्ष  तथा इन्स्योरेन्सका लुम्बिनी प्रदेशका प्रमुख बुद्धबहादुर सूर्यवंशीले आउदै गरेको महिलाहरूको महान् पर्व हरितालिका तिजको शुभकामना दिदै सम्पुर्ण अभिकर्ताहरूलाइ नयाँ उत्साह, जोस र जाँगरका साथ काम गर्न हौसला प्रदान गर्नुभएको थियो ।

    कार्यक्रमका प्रमुख अतिथी हिमालयन लाइफ इन्स्योरेन्सका प्रदेश उप प्रमुख नहकुल पाण्डेले अभिकर्ताहरूलाई कम्पनीले ल्याएका विभिन्न किसिमका लाभदायक स्किमका बारेमा प्रकाश पार्नुभएको थियो ।

    कार्यक्रममा कम्पनीका बुटवल शाखाका मार्केटिङ इन्चार्ज दिनेश नेपाल, वरिष्ठ एजेन्सी मेनेजर तुलसा जिसी र बिष्णुप्रसाद ज्ञवालीले शुभकामना दिनुभएको थियो ।  

    कार्यक्रममा वरिष्ठ एजेन्सी म्यानेजर , एजेन्सी म्यानेजर तथा अभिकर्ता गरि ५७ जना सम्मानित भएका थिए भने २०० जनाको उपस्थिति रहेको थियो । कार्यक्रमको सन्चालन  बुटवल शाखा प्रमुख सुरेश ज्ञवालीले गर्नुभएको थियो  ।HLII.jfif

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology