Logo बिहिवार, आश्विन १ गते २०८३
images

नेपालमा नौ महिनापछि टिकटक प्रतिबन्ध फुकुवा

नेपालमा नौ महिनापछि टिकटक प्रतिबन्ध फुकुवा

  • 1.8K
    SHARES

  • नेपालमा नौ महिनापछि टिकटक प्रतिबन्ध फुकुवा

    बुटवल,भदौ ७ ।

    नेपाल सरकारले टिकटकमाथि लगाएको प्रतिबन्ध हटाएको छ।

    मन्त्रिपरिषद्‌को बिहीवार बसेको बैठकले उक्त निर्णय गरेको सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङले जानकारी दिए।

    टिकटकले सामाजिक सञ्जाल सञ्चालन निर्देशिकाअनुसार दर्ता हुन सहमति जनाएकाले प्रतिबन्ध फुकुवा फिर्ता लिइएको गुरुङले बताए।

    टिकटकले सरकारलाई के भन्यो ?

    सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका प्रवक्ता गजेन्द्रकुमार ठाकुरका अनुसार प्रतिबन्धपछि त्यसलाई हटाउन टिकटकले हालसम्म कैयौँ पत्रहरू पठाइसकेको छ।

    "अघिल्ला पत्रहरूमा चाहिँ उसले आफूलाई घाटा लागेको तथा नेपाललाई पनि आर्थिक रूपमा यति क्षति भयो भन्ने खालका तर्क गर्ने गरेको थियो," उनले भने, "अहिले पठाइएको इमेलमा अलि फरक खालको कुरा आएका छन्।"

    "यसपालि उसले नेपालका विद्यमान तथा नेपाल सरकारले तोकेका सबैखाले नीति, नियम, निर्देशिका र कार्यविधिहरू पूर्ण रूपमा पालन गर्ने भनेर मन्त्रीज्यूलाई नै सम्बोधन गरेर इमेल पठाएको छ।"

    टिकटक प्रतिबन्धको असर:

    सरकारले गत वर्ष नोभेम्बरमा टिकटकमाथि प्रतिबन्ध लगाएको थियो । कतिपयले नेपालमा टिकटक प्रतिबन्ध भएपछि त्यसले नेपालमा आर्थिक असर पारेको दाबी पनि गर्दै आएका छन्। टिकटक स्वयंले सरकारलाई पठाएका पत्रहरूमा पनि त्यसको उल्लेख भएको अधिकारीहरूले बताएका छन्।

    भीपीएन प्रयोग गरेर टिकटकको प्रयोग भइरहेको तथा टिकटकको साटो फेसबुकको 'रील्स' तथा यूट्यूबको 'शर्ट्स'सहित अन्य मञ्चहरूमा नेपाली प्रयोगकर्ता आकर्षित भएको पनि अधिकारीहरूले बताउँदै आएका छन्।

    यद्यपि टिकटक प्रतिबन्धले आर्थिक रूपमा नेपाललाई हानि भएको भन्ने विश्वासिलो आधार भने कसैले दिन सकेका छैनन्।टिकटकमा माध्यमबाट व्यवसाय गर्ने कतिपय साना व्यापारीहरूले प्रतिबन्धका कारण आफ्नो व्यवसाय प्रभावित भएको बताउँछन्।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology