Logo बिहिवार, आश्विन १ गते २०८३
images

एमाले रुपन्देहीको १० औं अधिवेशन भोलिदेखि ,१४५ सदस्य जिल्ला कमिटी निर्वाचित गर्ने

एमाले रुपन्देहीको १० औं अधिवेशन भोलिदेखि ,१४५ सदस्य जिल्ला कमिटी निर्वाचित गर्ने

  • 1.2K
    SHARES

  • एमाले रुपन्देहीको १० औं अधिवेशन भोलिदेखि ,१४५ सदस्य जिल्ला कमिटी निर्वाचित गर्ने

    बुटवल,जेठ २२ ।  

    नेपाल कम्युनिष्ट पार्टी (एमाले) जिल्ला कमिटी रुपन्देहीको १० औं जिल्ला अधिवेशन भोलि बुधबारदेखि भैरहवामा हुने भएको छ । दुई दिनसम्म सञ्चालन हुने अधिवेशनको सम्पूर्ण तयारी पूरा भएको एमाले प्रचार समितिले मँगलबार तिलोत्तमामा पत्रकार सम्मेलन गरि जानकारी गराएको छ ।

    अधिवेशनमा पार्टी अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीसहित उपाध्यक्ष विष्णुप्रसाद पौडेल, सचिव छविलाल विश्वकमां, सचिव एवं लुम्बिनी प्रदेश इन्वार्ज प‌द्मा अर्याल, जिल्ला इन्चार्ज दलबहादुर राना, पोलिटब्यूरो सदस्यहरु लिला गिरी, दधिराम न्यौपाने, खिमलाल भट्टाराईलगायत विभिन्न तहका नेताहरुको उपस्थिती रहने प्रचार विभाग प्रमुख हितराज पन्थीले जानकारी दिए ।

    जिल्लाको १६ पालिकाका १५५ वडा, २३ जनसंगठनबाट र आयोजक कमिटीबाट चयन भएका कुल ८५३ जना प्रतिनिधि अधिवेशनमा सहभागी हुने एमाले रुपन्देही अध्यक्ष तेजेन्द्र केसीले जानकारी दिए । अधिवेशनले एक अध्यक्ष, एक उपाध्यक्ष, एक सचिव र दुई उपसचिवसहित १४५ सदस्य रहेको जिल्ला कमिटी निर्वाचित गर्नेछ ।

    अधिवेशन व्यवस्थित गर्नको लागि जिल्ला के.सी.को संयोजकत्वमा १६७ जनाको मूल व्यवस्थापन कमिटी चयन भए‌को छ ।बन्दसत्रमा राजनैतिक प्रतिवेदन, सांगठनिक प्रतिवेदन, आर्थिक प्रतिवेदन पेश गरिने छ। रुपन्देहीमा एमालेका १७ हजार ९८ पार्टी सदस्य संगठित रहेको र उत्तिकै सङ्ख्यामा शुभेच्छुक रहेको अध्यक्ष केसीले बताए ।

    भैरहवाको सिद्धार्थ भिनासामा आयोजना हुने अधिवेशनमा प्रतिनिधिसहित उद्घाटनसत्रमा ३ हजार ५ सय बढीको उपस्थिती रहने बताइएको छ । 

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology