Logo बिहिवार, आश्विन १ गते २०८३
images

सिरोहियालाई पक्राउ गरिएकोप्रति नेपाल मिडिया सोसाइटीले विरोध

सिरोहियालाई पक्राउ गरिएकोप्रति नेपाल मिडिया सोसाइटीले विरोध

  • 1.2K
    SHARES

  • सिरोहियालाई पक्राउ गरिएकोप्रति नेपाल मिडिया सोसाइटीले विरोध

    काठमाडौँ,जेठ ९ ।

    कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई पक्राउ गरिएकोप्रति नेपाल मिडिया सोसाइटीले विरोध जनाएको छ । बुधवार पत्रकार सम्मेलन गर्दै नेपाल मिडिया सोसाइटीले कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष सिरोहियालाई सरकारले पक्राउ गरेको भन्दै विरोध जनाएको हो । 

    सिरोहियालाई नागरिकता किर्तेको आरोपमा मंगलबार प्रहरीले पक्राउ गरी धनुषा पुर्‍याएको थियो । सोही विषयमा मिडिया सोसाइटीले पत्रकार सम्मेलनमार्फत धारणा सार्वजनिक गरेको हो । पत्रकार सम्मेलनमा बोल्दै सोसाइटीका अध्यक्ष शुभशंकर कँडेलले सिरोहियाको रिहाइ नभएसम्म सोसाइटीले निरन्तर सङ्घर्ष गर्ने बताए ।

    उनले आफूहरूले बोलेर र लेखेर सङ्घर्ष गर्ने भन्दै मिडियालाई बचाउनका लागि सङ्घर्षमा उत्रेको बताए । उनले सिरोहियालाई पक्राउ गरेर मिडियालाई तर्साउन खोजिएको बताए । अध्यक्ष कँडेलले सरकारले मिडियामाथि अधिनायकवादी तरिका अपनाएको र मिडियाको मुख बन्द गराउने खतरनाक प्रवृत्ति सुरु भएको उल्लेख गरे ।

    अध्यक्ष कँडेलले पूर्व प्रधानमन्त्रीहरुको समेत नागरिकताको प्रतिलिपि लिँदा विवरण फरक परेको हुनसक्ने भन्दै त्यसबारे पनि खोज्नुपर्ने बताए । 

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology