Logo बिहिवार, आश्विन १ गते २०८३
images

क्युआर मर्चेन्टलाइ नेपाल इन्भेस्टमेन्ट मेगा बैंकको सम्मान

क्युआर मर्चेन्टलाइ नेपाल इन्भेस्टमेन्ट मेगा बैंकको सम्मान

  • 1.0K
    SHARES

  • क्युआर मर्चेन्टलाइ नेपाल इन्भेस्टमेन्ट मेगा बैंकको  सम्मान

    बुटवल,बैसाख ३० ।

    नेपाल इन्भेस्टमेन्ट मेगा बैंक लिमिटेडले क्युआर मर्चेन्टलाइ सम्मान गरेको छ ।

    शनिवार मणिग्राम  स्थित ड्रिमल्यान्ड गोल्ड रिसोर्टमा एक कार्यक्रमका बिच नया बर्ष २०८१ को अवसर पारेर समृद्धि हेयर सलुन बुटवलका संचालक मोहन ठाकुर र मैनाबगर  अटोल्यान्डका संचालक सुदन ज्ञवालीलाइ बैंकको क्युआर मार्फत आफ्नो व्यावसायिक  सस्थामा कारोबार गरि डिजिटल बैंकिग प्रणाली प्रबर्द्धनमा योगदान गरेको भन्दै सम्मान गरिएको हो ।

    सम्मान ग्रहण गर्दै व्यवसायिद्वय मोहन ठाकुर र सुदन ज्ञवालीले बिगत लामो समयदेखी  नेपाल इन्भेस्टमेन्ट मेगा बैंक लिमिटेडको ग्राहकको रुपमा कारोबार गर्दा हालसम्म बैंकले प्रदान गर्ने सम्पुर्ण सेवा सुबिधामा सहजता भएको र अहिलेको युग प्रबिधिकै युग भएकोले आगामी दिनमा डिजिटल कारोबारलाइ अझै बढाउदै लैजाने बताउनु भयो साथै बैंकले नया बर्षको अवसर पारि सम्मान गरेकोमा खुसि समेत व्यक्त गर्नुभयो ।

    उक्त कार्यक्रममा नेपाल इन्भेस्टमेन्ट मेगा बैंक लिमिटेडका सम्पत्ति ,दायित्व एवं मार्केटिङ ब्यबस्थापन प्रमुख जेनु थापा , बैंकका  लुम्बिनी प्रदेश प्रमुख रमेश खड्का ,  डिजिटल बैंकिग बिभाग प्रमुख  बिश्व सिंह , लुम्बिनी प्रदेश उप प्रमुख ज्ञानेन्द्र पन्त , डिजिटल  बैंकिग बिभागका निरज शुक्ला , सुदर्शन राज तुलाधर र  लुम्बिनी प्रदेश अन्तर्गत रहेका विभिन्न  शाखाका कर्मचारीहरुको सहभागीता रहेको बैंकका लुम्बिनी प्रदेश मार्केटिङ अफिसर आबिस्कार खनालले जानकारी दिनुभयो ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology