बुटवल,फागुन ११ ।
शाइन आर्थिक पत्रकारिता पुरस्कार–२०८०’ बाट २ जना पत्रकार सम्मानित भएका छन् । गोरखापत्रका लुम्बिनी प्रदेश संयोजक भुवन कार्की र कान्तिपुरका उपसम्पादक घनश्याम गौतम सम्मानित हुनुभएको हो ।
बुटवलमा केन्द्रीय कार्यालय रहेको शाइन रेसुङ्गा डेभ्लपमेण्ट बैंकले सो पुरस्कार स्थापना गरेको हो ।आर्थिक क्षेत्रमा निरन्तर कलम चलाउँदै आएको भन्दै उहाँहरुलाई बैंकको १६ औं स्थापना दिवसको अवसरमा सम्मान गरिएको हो ।कार्की र गौतमलाई जनही नगद २५ हजार १ रुपियाँ प्रदान गरिएको छ ।
बैंकका अध्यक्ष थानेश्वर पौडेल, पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष रामराज पोखरेल लगाएतले संयुक्त रुपमा पुरस्कार तथा सम्मान प्रदान गर्नुभयो ।
सो पुरस्कार वितरणका लागि पत्रकार माधव नेपालको संयोजकत्वमा ३ सदस्यीय मुल्यांकन समिती गठन गरिएको थियो । समितीको सदस्यमा पत्रकार महासंघ रुपन्देहीका कोषाध्यक्ष सन्जय सौगात र शाइन बैंकको तर्फबाट लालमणि पौडेल रहनुभएको थियो । बैंकले वि.स. २०७८ सालदेखी पत्रकार महासंघ रुपन्देहीको समन्वयमा रु ५ लाखको कोषको स्थापना गर्दै आर्थिक क्षेत्रमा कलम चलाउने पत्रकारलाई प्रदान गर्ने सुरुवात गरेको थियो ।
यो पुरस्कार २०७८ मा यमलाल भुसाल र २०७९ मा माधव नेपालले पाइसक्नुभएको छ । बैंकका अध्यक्ष पौडेलले बैंकको अवस्थाको बारेमा जानकमारी गराउनुभयो ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)