Logo बिहिवार, आश्विन १ गते २०८३
images

एघारौँ दीप गायन ताराको छनोट चरण सम्पन्न

एघारौँ दीप गायन ताराको छनोट चरण सम्पन्न

  • 1.2K
    SHARES

  • एघारौँ दीप गायन ताराको छनोट चरण सम्पन्न

    बुटवल,फागुन ४ ।

    दीप बोर्डिङ हाई स्कुलमा शुक्रबार एघारौँ दीप गायन तारा प्रतियोगिताको छनोट चरण सम्पन्नभएको छ । प्रतियोगिताको छनोट चरणमा रुपन्देही क्षेत्रभित्रका कक्षा १२ सम्म अध्यापन हुने माध्यमिक विद्यालयका ४५ जना प्रतियोगीहरूले विना ट्रयाक गीत प्रस्तुत गरेका थिए । छनोट चरणबाट उत्कष्ट २० जनालाई अन्तिम चरणका लागि छनोट गरिएको छ ।

    जसमध्ये दीक्षा कुँवर, निरुता नेपाली, सुजना भट्टराई, आयुषा राना, रक्षा मिश्र, रेनुका सुनार, विपुल पन्थ, निहारिका ढुङ्गाना, मिलिसा परियार, कृति विश्वकर्मा, रजनी पौडेल, सीता सुनार, ग्लोरिमा गोतामे, सन्तोषी परियार, देविका भुसाल, दिप्सन खत्री, जानकी पौडेल, निरुता कार्की, रिदिमा सिँजाली र विशेष भुर्तेल अन्तिम चरणको लागि छनोट भएका छन् ।

    प्रतियागितामा उत्कृष्ट २० मा परेका प्रतियोगीहरूको अन्तिम प्रतिस्पर्धा फागुन ५ गते शनिबार बिहान १० बजे हुने र प्रतियोगितामा प्रथम हुनेले ३० हजार, द्वितीय हुनेले २० हजार, तृतीय हुनेले १० हजार र सान्त्वना हुने २ जनाले दुई-दुई हजारका साथ सिल्ड र प्रमाण पत्र प्राप्त गर्ने कुरा विद्यालयका प्राचार्य टीकाराम न्यौपानेले बताउनुभयो ।

    प्रतियोगितामा बोल्दै कार्यक्रमका प्रमुख अतिथि  प्याब्सनका केन्द्रीय उपाध्यक्ष विष्णु पन्थीले किताबमा पढेका कुरा जीवनमा २० प्रतिशत मात्र काम लाग्ने तर कला, खेल, बक्तृत्वकलाबाट प्राप्त ज्ञानले जीवन पूर्ण हुने कुरा बताउँदैगीत सङ्गीतको जगेर्ना र विद्यार्थीको प्रतिभा उजागर गर्न दीप बोर्डिङ हाई स्कुलले पु¥याएको योगदानको प्रशंसा गर्नुभयो ।

    त्यसैगरी विशिष्ट अतिथि शिक्षा विकास तथा समन्वय इकाइ रुपन्देहीका प्रमुख माधव बन्जाडेले विद्यालय स्तरका विद्यार्थीहरुका लागि गायन क्षेत्रमा उपयुक्त प्लेटफर्म दिएको र सरकारी तवरबाट गर्नुपर्ने कार्य दीपले गरेकोमा धन्यवाद व्यक्त गर्नुभयो ।

    विद्यालय व्यवस्थापन समितिका उपाध्यक्ष उमाकान्त चापागाईको अध्यक्षता,प्याब्सनका केन्दीय उपाध्यक्ष विष्णु पन्थीको प्रमुख आतिथ्यता, शिक्षा विकास तथा समन्वय इकाइ रुपन्देहीका कार्यालय प्रमुख माधव बन्जाडेको विशिष्ट आतिथ्यता,प्याब्सन लुम्बिनी प्रदेशका अध्यक्ष लालहरि पाण्डे, अभिभावक महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष हेमबहादुर थापा,हिसान रुपन्देहीका अध्यक्ष दिनेश भुसाल, प्याब्सन रुपन्देहीका अध्यक्ष अनन्तराम शर्मा, पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष रामराज पोख्रेल,बुटवल उपमहानगरपालिका वडा नं.८ का वडाध्यक्ष यज्ञप्रसाद पङ्गेनी, एभरेष्ट अङ्ग्रेजी माध्यमिक विद्यालयका प्राचार्य कृष्ण न्यौपाने, समाजसेवी राधेश्याम राजभण्डारी,प्याब्सन बुटवलका नगर अध्यक्ष मित्रहरि आचार्य, विद्यालयका प्राचार्य टीकाराम न्यौपाने, उपप्राचार्य त्रय ज्ञानु थापा, कलाधर अर्याल, सुरेन्द्रकुमार शाक्य, वि.व्य.स.सदस्य वसन्तकुमार जोशी, विष्णुमाया श्रेष्ठ, लेखाप्रमुख रेखा श्रेष्ठ लगायतको आतिथ्यतामा सम्पन्न प्रतियोगितामा सङ्गीतकार नारायण थापा, गायक वसन्त श्रेष्ठ, सङ्गीतकार मनोज खड्काले निर्णायकको भूमिका निर्वाह गर्नुभएको थियो भने प्राचार्य टीकाराम न्यौपानेले स्वागत मन्तव्य र कार्यक्रमको सञ्चालन पुरुषोत्तम पाण्डेय र विजय सापकोटासंयुक्त रूपमा गर्नुभएको थियो ।

    कार्यक्रममा विद्यालयको दीप सांस्कृतिक परिवारका विद्यार्थीहरूले विद्यालय गीत, गुरुवन्दना र गीत तथा नृत्य प्रस्तुत गरेका थिए भने कार्यक्रम बालकृष्ण पाठकको संयोजकत्वमा सम्पन्न भएको थियो ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology