बुटवल,माघ १८ ।
रुपन्देहीको तिलोत्तमा -१, शंकरनगरमा रहेको न्युलाइट कलेजमा खेल सप्ताह आरम्भ भएको छ। कक्षा ११ , १२ र स्नातक तहमा शिक्षा र व्यवस्थापन संकाय सञ्चालन भएको यस कलेज १ हजार भन्दा बढी विद्यार्थीहरु खेल सप्ताहका विभिन्न बिधामा सहभागी भएका छन् ।
अतिरिक्त कार्यक्रममा छुट्टै पहिचान बनाएको यस कलेजमा हरेक शुक्रबार पठन पाठन सहित विद्यार्थीको मनोभावना अनुसार विविध परियोजना सहितका कृयाकलाप हुने कलेजले जानएको छ ।
राष्ट्रमै शैक्षिक गतिविधिका साथसाथै अतिरिक्त कार्यक्रममा समेत फरक पहिचान बनाएको यस कलेजमा खेल सप्ताहमा चेस , कुर्ची दौड ,लोकगीत ,कविता , सटपुट , भलिबल ,हन्डीफोर ,फुटबल ,क्रिकेट, १००, २०० , ४०० मिटर दौडमा सम्पूर्ण विद्यार्थीले सक्रियता साथ विविध खेलमा सहभागी भएका छन् ।
कलेजका अतिरिक्त कार्यक्रम प्रमुख खेमराज खनालको अध्यक्षतामा भएको खेल सप्ताहको शुभारम्भ कलेजका क्याम्पस प्रमुख रमेश ज्ञवालीले बेलुन उडाएर साथै रिबन काटेर गरे। शुभारम्भ कार्यक्रममा कलेजका शैक्षिक संयोजक राजेन्द्र कुँवर, व्यवस्थापन संकाय प्रमुख बिरेन्द्र राना , शिक्षण विभाग प्रमुख राम प्रसाद भट्टराई लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
कक्षा एघारदेखि स्नातक चौथो वर्षसम्मका विभिन्न तह र संकायक विद्यार्थीको सक्रिय सहभागिता रहेको शुभारम्भ कार्यक्रममा विद्यार्थीले साँस्कृतिक झलक समेत प्रदर्शन गरेका थिए ।खेल सप्ताहको शुभारम्भ कार्यक्रममा बोल्दै कलेजका शैक्षिक संयोजक राजेन्द्र कुँवरले अहिले किताबी ज्ञानले मात्रै विद्यार्थीको क्षमता मापनगर्न सकिने बताए ।
क्याम्पस प्रमुख रमेश ज्ञवालीले आन्तरिक र बौद्धिक क्षमता मापनका लागि यस्ता अतिरिक्त कार्यक्रम सहायक सिद्ध हुने र न्यु लाइट रुपन्देहीको खेलकूदको खम्बा रहेको बताए । खेल सप्ताहमा शिक्षक भलिबल प्रतियोगिता समेत हुनेछ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)