Logo बिहिवार, आश्विन १ गते २०८३
images

हिमालयन लाइफ इन्स्योरेन्स कर्मचारी संघ लुम्बिनीको अध्यक्षमा पाण्डे

हिमालयन लाइफ इन्स्योरेन्स कर्मचारी संघ लुम्बिनीको अध्यक्षमा पाण्डे

  • 3.3K
    SHARES

  • हिमालयन लाइफ इन्स्योरेन्स कर्मचारी संघ लुम्बिनीको अध्यक्षमा पाण्डे

    बुटवल,पुस १०।

    हिमालयन लाइफ इन्स्योरेन्स कर्मचारी संघ लुम्बिनी प्रदेश अध्यक्षमा कमल प्रसाद पाण्डे चयन भएका छन् । संघका केन्द्रीय अध्यक्ष हरि बहादुर खड्काको अध्यक्षता तथा नेपाल वीमा प्राधिकरण लुम्बिनी प्रदेश प्रमुख पुर्ण बहादुर थापाको प्रमुख आतिथ्यता र हिमालयन लाइफ ईन्स्योरेन्सका लुम्बिनी प्रदेश प्रमुख बुद्ध बहादुर सूर्यबंशीको बिशिष्ट आतिथ्यतामा शनिवार दाङको लमहीमा भएको भेलाले बुटवलका पाण्डेयको अध्यक्षतामा सर्वसहमत नयाँ नेतृत्व चयन गरेको हो ।

    संघको उपाध्यक्षमा बाँकेकी अमृता शाही, सचिवमा बुटवलका प्रेम न्यौपाने, सहसचिवमा बाँकेका हिरालाल राना, कोषाध्यक्षमा लमहीकी गिता खनाललाई चयन गरिएको छ । सदस्यहरुमा राम कुमार चौधरी, तोरण रोका, मुना भुषाल, शिवनाथ गुप्ता, सन्तोष बस्नेत र भानुभक्त सन्यासी छन् ।

    भेलामा हिमालयन लाइफ इन्स्योरेन्स कर्मचारी संघका केन्द्रीय बरिष्ठ उपाध्यक्ष रुद्रमान तामाङ घिसिङ, कोषाध्यक्ष सुभाष पौडेल, सदस्य मुना पुन, लालजीत खड्का, रुकमान रोका क्षेत्री लगायतको सहभागिता थियो ।insu.jpg

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology