बुटवल,मंसिर २८ ।
बुटवल उपमहानरपालिका वडा नम्बर ७ दिपनगरमारहेको निलकण्ठ बाबा धाम, सन्तोषीमाता गुरुकुल विद्याआश्रममा ९१ दिन लामो शिवसक्ती, ११ अतिरुद्र,अयुतचण्डी, राष्ट्र कल्याण्ड महायाग हुने भएको छ ।
धामका प्रमुख संरक्षणक देवमाया भट्राईका अनुसार यो तिन महिना लामो महायाज्ञ मा १ सय २१ पण्डीतबाट महारुद्रीपाठ समेत गरिने भएको हो । धाम परिषरमा पत्रकार सम्मेलनको आयोजना गरी धामका उपाध्यक्ष चुरामणी पौडेलले यहि पुस १ गते देखि चैत ४ गते सम्म यो अनुष्ठान हुने जानकारी दिए ।
अनुष्ठान अवधीमा पुर्व राजा ज्ञानेन्द्र शाह, भारतको उत्तरप्रदेश राज्यका मुख्यमन्त्री योगी आदित्यनाथ समेत आउने जनाइएको छ । जसको तयारी समेत सुरुवात गरिएको उपाध्यक्ष पौडेलले जानकारी दिए ।
निलकण्ठ बाबाधाम २०६१ साल बैशाख ४ गते शिलान्यास भई २०६२ सालको महाशिवरात्रिमा मूर्तिको प्राण प्रतिष्ठा तथा विविध अनुष्ठान गर्दै समुद्घाटन भई पञ्च महापुराण, २०६३ मा श्रीमद्भागवत महापुराण, २०६४ मा १८ महापुराण तथा ८ उपमहापुराण गरी २६ पुराण, २०६७ मा नौ देवी भागवत, २०७० मा ७२ पुराण तथा ७५ जिल्लाको माटो (मृत्तिका) पुजन, सति श्राप मोचन, २०७१ मा पुनः पञ्चपुराण, २०७३ मा शिव महापुराण, २०७४ मा शिव पुराण तथा अतिरुद्रि २०७५ मा शिव पुराण तथा पार्थिव शिवलिङ्ग पुजन सम्पन्न सम्पन्न भैसकेका छन् ।
२०७६ मा शिव पञ्चपुराण तथा विभिन्न आध्यात्मिक कार्यहरु सम्पन्न गरि सकेको र २०७७-०७८ का वर्षहरुमा विश्व महामारीका रुपमा फैलिएको मानव विनासकारी कोरोनाका कारण महायज्ञलाई प्रवचन सहित निरन्तरता दिन नसकेता पनि यस धामले संकल्प गरे अनुसार व्यवस्थापन समिति र भक्तहरुको उपस्थितीमा प्रत्येक वर्षको सिता विवाहपञ्चमी देखि धान्यपूर्णिमा सम्म अनुष्ठान समेत गरेको छ ।
यस्तै धाममा २०७४ मंसिर १२ गते देखि २२ गते सम्म श्री शिवपुराण तथा धनधान्याञ्चल ज्ञान महायज्ञ २०७४ सञ्चालन भएको थियो भने मिति २०८० पौष १ गते सिता विवाह पञ्चमी देखि २०८० चैत्र ४ गते सम्म ३ महिने श्री शिवशक्ति, ११ अतिरुद्री, अयुतचण्डी, राष्ट्रकल्याण महायाग २०८० सञ्चालन हुनगएको हो । भगवान नीलकण्ठ शयन गर्दा शिर भाग पशुपति, मध्यभाग यस श्री नीलकण्ठ बाबा धाम र अन्त्य भाग स्वर्गद्वारी भएकाले नेपालमा अवस्थित यी तीन देवस्थलको दर्शन गर्नाले समस्त मनोकामना पूर्ण हुनाका साथै पापहरु नाश भई अन्त्यमा शिव सायुज्य समेत हुनेछ भन्ने भनाई समेत रहेको छ ।
धाममा २०६४ साल असार २ गतेदेखि श्री सन्तोषीमाता गुरुकुल विद्याश्रमको विधिवत सञ्चालन हुँदै आएको छ । संरक्षक भट्राईका अनुसार नीलकण्ठ बाबाधाममा १३ औं पटक हुन लागिरहेको महायागमा यज्ञ आचार्य डा. राजेन्द्र रेग्मीज्यू र आचार्य हाकिम भण्डारी (विशिष्ट) लगायत १२१ जना ब्राम्हणहरूको सहभागिता रहने छ ।२०८० साल पौष १ गते बिहान ८ः३० बजे कलश शोभा यात्रा, २०८० साल पौष १ गते बिहान ११ः१५ बजे महायाग समुद्घाटन, दैनिक नित्य पुजा बिहान ७ बजे देखि सुरु हुने जनाइएको छ ।
दैनिक अतिरुद्री, देविभागवत, शिवपुराण, गणेशपुराण, सुर्यपुराण, विष्णुपुराण, चारै वेद पाठ, अयुतचण्डी तथा हवन, दैनिक ३ पटक आरति हुने छन् । ११ अतिरुद्री शान्ति अभिषेक बिहान ५ बजे, दिउँसो १ बजे र साँझ ५ बजे । तुलादान, चौरासी पूजन, लक्ष्यवत्ती प्रज्वलन, धनधान्याञ्चल तथा तण्डुलाचल राखीएको छ । २०८० चैत्र ४ गते महायागको पुर्णाहुती तथा तिलक प्रसाद वितरण र महायाग समापन हुने कार्यक्रम राखीएको छ ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)