Logo मंगलवार, कार्तिक १८ गते २०८३
images
images

नेपालले युएईलाई पाँच विकेटले हरायो,नेपालको चौथो जित

नेपालले युएईलाई पाँच विकेटले हरायो,नेपालको चौथो जित

  • 1.3K
    SHARES

  • नेपालले युएईलाई पाँच विकेटले हरायो,नेपालको चौथो जित

    काठमाडौं,कार्तिक ६ ।

    अलराउन्डर दीपेन्द्र सिंह ऐरीले अवजिति ४० रन बनाउँदै नेपाललाई चौथो जित दिलाएका छन्। उनले १५ बलमा ६ चौका र एक छक्का प्रहार गरे। त्यस्तै गुल्शन झा १ रनमा अविजित रहे।

    नेपाललाई जित नजिक पुर्‍याउन आसिफ शेख र कप्तान रोहित पौडेलले शानदार पारी खेलेका थिए। आसिफले सर्वाधिक ६२ रन बनाए। ५० बखेलेका उनले ६ चौका र दुई छक्का प्रहार गरे। कप्तान रोहित पौडेलले भने ४७ रन बनाए। ४२ बलमा उनले ४ चौका र एक छक्का प्रहार गरे। त्यस्तै कुशल भुर्तेल १ रनमा आउछ हुँदा सोमपाल कामी २ र कुशल मल्ल शून्य रनमै पेभेलियन फर्किए।

    त्रिकोणात्मक टी-२० आई सिरिजअन्तर्गत मुल मुलपानी क्रिकेट मैदानमा सोमबार भएको खेलमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको यूएईले निर्धारित २० ओभरमा सात विकेटको क्षतिमा १६४ रन बनायो। उसका लागि बसिल हमिद र वृत्य अरविन्दले समान ४५-४५ रनको योगदान दिए। त्यस्तै आसिफ खानले १८ रन बनाए। 

    बलिङतर्फ नेपालका सोमपाल कामी र अभिनास बोहोराले समान दुई/दुई विकेट लिए भने करण केसी र गुल्सन झाले समान एक/एक विकेट लिए।

    नेपाल यसअघि नै फाइनल यात्रा सुनिश्चित गरिसकेको छ। खेलमा एक खेल जितेका युएई फाइनल पुग्ने सम्भावना कायमै राखेका छन्। हङकङ भने लगातार तेस्रो खेल पराजित हुँदै अंकतालिकाको पुच्छारमा रहेको छ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology