Logo बिहिवार, आश्विन १ गते २०८३
images

एनआरएनएले ८० लाखमा बनाएको अत्याधुनिक शौचालय हस्तान्तरण 

एनआरएनएले ८० लाखमा बनाएको अत्याधुनिक शौचालय हस्तान्तरण 

  • 1.2K
    SHARES

  • एनआरएनएले  ८० लाखमा बनाएको अत्याधुनिक शौचालय हस्तान्तरण 

    पोखरा,असाेज २७ । 

    गैर आवासीय नेपाली संघ, अन्तराष्ट्रिय समन्वय परिषद्को सहयोगमा पोखरा महानगरपालिका ९ महेन्द्र पुलमा नव निर्मित अत्याधुनिक शौचालयको उद्घाटन गरिएको छ ।

    पोखरा महानगरपालिकाको सहकार्यमा बनेको शौचालयको उद्घाटन शुक्रवार एनआरएनएकी अध्यक्ष रविना थापा र पोखरा महानगर पालिकाका प्रमुख धनराज  आचार्यले गर्नु भएको हो ।

    थापा एनआरएनएकी कार्यकारी अध्यक्ष रहनुभएको समयमा शौचालय निर्माणका लागि एनआरएनए र पोखरा महानगरपालिकाबीचमा सम्झौता भई गत चैत्र २७ मा शिलान्यास  भएको थियो ।  पहिलो किस्तामा ६० लाख र दोस्रो किस्तामा २० लाख गरी संघको कुल ८० लाखको लागतमा शौचालय निर्माण गरेको हो  ।

    महिला र पुरुषका लागि छुट्टा छुट्टै शौच गर्न मिल्ने प्रबन्ध सहीतको शौचालय अपागंता भएका व्यक्तिले  समेत सहज प्रयोग गर्न सक्ने खालको रहेको छ । साथै शाचालयमा सेनेटरी प्याड भण्डारको व्यवस्था तथा स्तनपान कक्ष र  विद्युतीय सामाग्रीहरुका राख्नका लागि भण्डार कक्ष समेत रहेको छ ।  

    आगामी दिनमा शौचालयको वरीपरीको भुभागमा एनआरएनए पार्क समेत निर्माण गर्ने तयारी रहेको छ । कुल ९५ लाखको लागतमा पार्क सहीतको शौचालय बनाउने गरी परियोजना अघि बढेको हो । जसमा शौचालय निर्माण भैसकेको छ भने पार्क निर्माणको तयारीमा रहेको छ ।

    नवनिर्मित शौचालयको उद्घाटन पश्चात एनआरएनएकी अध्यक्ष थापाले शौचालयको संरक्षण र कुशल सञ्चालनको दायित्व महानगरपालिकाको रहेको र त्यो कार्य महानगरपालिकाबाट हुनेमा विश्वास व्यक्त गर्नुभयो । एनआरएनएले गैरआवासीय नेपालीका साथैं नेपालमा रहेका नेपालीका लागि पनि काम गर्दै आएको र सामाजिक सेवाको क्षेत्रमा सहकार्य गर्न एनआरएनए सदैव तयार रहेको बताउनुभयो । 
    सो अवसरमा एनआरएनएकी महिला सचिव टिका गुरुगं, सह कोषाध्यक्ष कृष्ण तिमिल्सेना, एनआरएनए स्वीजरल्याण्डका अध्यक्ष कृष्ण शिवाकोटी लगायत एनआरएनहरु र पोखरा महानगरपालिकाका अधिकृतहरुको सहभागिता रहेको थियो ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology