बुटवल,असोज २९ -
कास्कीको माछापुच्छ्रे गाउँपालिकामा निर्माणाधिन सेती नदी जलविद्युत आयोजनाका लागि ३५० करोड ऋण लगानी सम्झौता भएकाे छ । एनएमबि बैंकको नेतृत्वमा कर्मचारी सञ्चय कोष र कृषि विकास बैंकले ऋण लगानी गर्ने भएका छन् ।
भिजन लुम्बिनी उर्जा प्रवद्र्धन कम्पनीद्वारा प्रर्वद्धित यो आयोजनामा करिब पाँच अर्ब रुपैयाँको लागतमा निर्माण हुन लागेको हो । त्यसमध्ये यी ३ वित्तीय संस्थाले ३ अर्ब ५० करोड रुपैयाँ ऋण लगानी गर्ने आज भिडियो कन्र्फेन्स मार्फत आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएकाे छ ।
कम्पनीमार्फत निर्माण सम्पन्न गरिने सेतीनदी जलविद्युत आयोजनाको लागि एन. एम. बि.बैँक लि. को अगुवाईमा एन. एम. बि. बैँक लि.मार्फत रु. २२० करोड, कर्मचारी सञ्चय कोषमार्फत रु. ८० करोड र कृषि विकास बैंक लि.मार्फत रु. ५० करोड गरि जम्मा रु. ३५० करोड ऋण लगानी हुने सम्झौता भएको हो ।
सम्झौतापत्रमा कम्पनीका कार्यकारी अध्यक्ष जगतबहादुर पोखरेल र एन एम विका प्रमुख कार्यकारी अधिकृत सुनिल केसीले हस्ताक्षर गरे ।आयोजनाका लागि बैंकहरुको तर्फवाट कुल लागत रु. ५०० करोड को ७० प्रतिशतले हुने रकम रु. ३५० करोड ऋण लगानी हुनेछ भने काठमाण्डौ, पोखरा, चितवन, तनहुँ, विशेष रुपमा बुटवलवासी र माछापुच्छ्रे गाँउपलिकाका स्थानीयहरु समेत शेयरधनी भई प्रबर्दकहरुको तर्फवाट ३० प्रतिशतले हुन आउने रु. १५० करोड रकम लगानी हुने सम्झौतामा उल्लेख गरिएको छ । आयोजनाले विद्युत उत्पादन पछि आइपिओ मार्फत स्थानिय र सर्वसाधारणको लागि शेयर जारी गर्नेछ ।
आयोजनाको ३० प्रतिशत स्वपूँजी रहने र ७० प्रतिशत बैंक तथा वित्तीय संस्थाको ऋण लगानी हुनेछ । स्वपूँजीमा बुटवल र कास्कीका लगानीकर्ता सहभागी छन् ।
विगत ९ महिनादेखि निर्माणको काम भैरहेको आयोजना आगामी १८ देखि २० महिना भित्रमा सम्पन्न गर्ने लक्ष्य रहेको भिजन लुम्बिनीका अध्यक्ष जगतबहादुर पोखरेलले जानकारी दिए ।
नमूना जलविद्युत परियोजनाको रूपमा स्थापित हुने गरी समयमा नै सम्पन्न गरिने उनले प्रतिवद्वता जनाए । यो आयोजना सम्पन्न नभई अर्कोमा हात नहाल्ने भन्दै भोलीबाट कामलाई थप गति दिने जानकारी दिए ।
आयोजनाको सुपरिवेक्षणको काम हाइड्रो कन्सल्ट इन्जिनियरिङ लिमिटेडले गर्दै आएको छ ।आयोजनाबाट उत्पादित विद्युत कास्कीको लाहाचोकमा रहेको प्राधिकरणको सव–स्टेशनमा जोडिने छ ।
भिजन लुम्बिनी उर्जा कम्पनी लिमिटेडद्वारा कास्की जिल्लाको माछापुच्छ्रे गाँउपलिकामा २५ मेघावाट क्षमताको सेतीनदी जलविद्युत आयोजना निर्माण गरिरहेकाे छ ।
आयोजनाकालागि सरकारी निकायहरु नेपाल विद्युत प्राधिकरण, विद्युत विकास विभाग, उद्योग विभाग, कम्पनी रजिष्ट्रारको कार्यालय तथा वातावरण मन्त्रालयवाट लिनुपर्ने अनुमती तथा ईजाजतपत्रहरु लिने कार्य सम्पन्न गरी आयोजनाको डिटेल प्रोजेक्ट रिपोर्टको काम हाइड्रो कन्सल्ट एण्ड वि डि ए जे. भीले सम्पन्न गरिसकेको अध्यक्ष पोखरेलले बताए ।
कम्पनीले आयोजनाको लागि पहुचमार्ग निर्माणको काम र जग्गा खरिदको काम पनि सम्पन्न गरिसकेको छ भने सिभिल निर्माणको कार्य रसुवा लुना जे भी ले गरिरहेको छ ।
आगामी दुई बर्ष भित्रमा मुख्य निर्माण कार्य सम्पन्न गर्ने लक्ष्य लिइएको आयोजनाको निर्माण कार्य लकडाउनका बेलामा पनि भइरहेको थियो ।
सेतीनदी जलविद्युत आयोजनाबाट उत्पादित बिजुली लाहाचोक सव स्टेसन सम्म १३२ के.भि.ए.को ४ किलोमिटर ट्रान्मिसन लाईन मार्फत नेपाल विद्युत प्राधिकरणको राष्ट्रिय प्रशारण लाईनमा जोडिने छ ।
आयोजनाको संस्थापक लगानीकर्ताहरु विभिन्न पेशा व्यावसायमा संलग्न व्यक्तीहरु रहेका छन भने स्थानीयहरुको उत्साहजनक सहभागीता र सहयोग पनि रहेको छ ।
यस आयोजना निर्माण भएपछि कास्की जिल्लाको समग्र विकासको लागी कोशेढुङ्गा सावित हुने अपेक्षा गरिएको छ । आयोजनालाई हालको अवस्थामा पुर्याउन सरकारी निकाय, स्थानिय सरकार, स्थानियजनता, राजनितिक दल एवम् सर्वसाधारणले पुर्याउनु भएको योगदानप्रति कृतज्ञता अध्यक्ष पोखरेलले आगामी दिनमा माछापुच्छ«े गाँउपालिकाबासीहरुले अपनत्व ग्रहण गरी आयोजनाको सम्वद्र्धन एवम् संरक्षणकालागी अग्रणी भुमिका निर्वाह गर्ने विश्वास पनि व्यक्त गरे।
संझौता हुनुअघि भर्चअल कार्यक्रमको आयोजना गरिएको थियो । कार्यक्रममा ऋण प्रदान गर्ने संचय कोषका अर्जुन गौतम, कृषि विकास बैंक, मिनराज पोखरेल, एमएमवीका दिनेश दुलालले लगानीकर्ता तथा सञ्चालक समितिको दृढता र सक्रियता, आयोजनाको प्राविधिक तथा स्थलगत अवस्थालगायतलाई हेरेर लगानी गर्ने निश्कर्षमा पुगेको बताएका थिए ।
हेराैँ याे भिडियाे रिपाेर्ट :-
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)