Logo बुधवार, श्रावण १३ गते २०८३
images

उपप्रधानमन्त्री  खड्कासँग नेपालका लागि संयुक्त अधिराज्यका राजदूत फेनबीच शिष्टाचार भेट

उपप्रधानमन्त्री  खड्कासँग नेपालका लागि संयुक्त अधिराज्यका राजदूत फेनबीच शिष्टाचार भेट

  • 1.5K
    SHARES

  • उपप्रधानमन्त्री  खड्कासँग नेपालका लागि संयुक्त अधिराज्यका राजदूत फेनबीच शिष्टाचार भेट

    काठमाडौँ, असोज १८ ।

    उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्कासँग  नेपालका लागि संयुक्त अधिराज्यका आवासीय राजदूत रोव फेनले शिष्टाचार भेट गर्नुभएको छ । आज रक्षामन्त्रालयमा उहाँहरुबीच भएको भेटमा नेपाल र बेलायतबीच सदियौँदेखि रहिआएको मैत्रीपूर्ण सम्बन्धलाई आगामी दिनमा अझ प्रगाढ बनाउँदै द्विपक्षीय हितलाई थप प्रवर्द्धन गर्ने विषयमा छलफल भएको मन्त्रालयका सहसचवि एवं प्रवक्ता प्रकाश पौडेलले जानकारी दिनुभयो ।

    उपप्रधानमन्त्री तथा रक्षामन्त्री खड्काले नवनियुक्त बेलायती राजदूतलाई स्वाग गर्नुहुँदै दुई देशबीच  सरकारी स्तरमा मात्र नभई जनस्तरमा समेत घनिष्ठ र सौहार्द्रपूर्ण सम्बन्ध रहेको चर्चा गर्नुभयो । बेलायती राजदुत फेनको  नेपाल बसाईको क्रममा दुई देशबीचको सम्बन्धलाई थप फराकिलो बनाउँदै नयाँ उचाइमा पु¥याउन सहयोग पुग्ने मन्त्री खड्काले विश्वास व्यक्त गर्नुभयो ।

    संयुक्त अधिराज्य नेपालको पुरानो मित्र भएको र नेपालको आर्थिक सामाजिक विकासमा विगतदेखि नै सहयोग उपलब्ध गराउँदै आएकोमा उपप्रधानमन्त्री खड्काले धन्यावाद व्यक्त गर्नुभयो ।

    उहाँले दुई देशबीच सहयोगका क्षेत्रहरू आगामी दिनमा थप फराकिलो हुँदै जाने विचार व्यक्त गर्नुभयो । शिष्टाचार भेटवार्ताका क्रममा उहाँले सेवा निवृत्त ब्रिटिस गोर्खा सैनिकलाई समान पेन्सनलगायतका सुविधा उपलब्ध गराउने सम्बन्धमा संयुक्त अधिराज्य सरकारबाट आवश्यक सहयोग हुने विश्वास व्यक्त गर्नुभयो । भेटवार्ताका क्रममा जलवायु परिवर्तन, दुई देशका सेनाबीच सहयोग आदान–प्रदान लगायतका विषयमा समेत छलफल भएको थियो ।

    शिष्टाचार भेटका क्रममा राजदुत फेनले दुई देशबीच मैत्रीपूर्ण सम्बन्ध कायम भएको एक् सय वर्ष पूरा भएको र यसबीचमा दुई देशको सम्बन्धले नयाँ उचाइ लिएको बताउनुभयो ।  नेपालले संयुक्त राष्ट्रसङ्घको आह्वानमा विश्वशान्ति स्थापना कार्यमा पु¥याएको योगदान विशिष्ट रहेको कुरा उल्लेख गर्नुहुँदै उहाँले नेपालको आर्थिक, सामाजिक र मानवीय विकासमा सहयोग गर्न संयुक्त अधिराज्य सरकार सदैव तत्पर रहेको विचार व्यक्त गर्नुभयो ।

    राजदूत फेनले आफ्नो कार्यकालमा नेपाल र संयुक्त अधिराज्यबीचको द्विपक्षीय सम्बन्धलाई थप फलदायी र उपलब्धिमूलक बनाउन निरन्तर प्रयास गर्ने कुरा राख्नुभयो । भेटमा रक्षा मन्त्रालय तथा परराष्ट्र मन्त्रालयका अधिकारीहरूको समेत उपस्थिति थियो ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    • बिहिवार, आश्विन १८ २०८००७:००:५१

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology