Logo बिहिवार, आश्विन १ गते २०८३
images

प्रधानमन्त्रीलाइ सामाजिक सञ्जालबाटअश्लिल गालि गर्ने सैनामैनाका दिपक पक्राउ

प्रधानमन्त्रीलाइ सामाजिक सञ्जालबाटअश्लिल गालि गर्ने सैनामैनाका दिपक पक्राउ

  • 1.0K
    SHARES

  • प्रधानमन्त्रीलाइ  सामाजिक सञ्जालबाटअश्लिल गालि गर्ने सैनामैनाका दिपक पक्राउ

    बुटवल,असोज १६।

    सामाजिक सञ्जालमा अश्लिल गालि गलौज गरेको आरोपमा रुपन्देहीको सैनामैनाका एक युवा प्रहरी नियन्त्रणमा परेका छन्।

    सैनामैना नगरपालिका वडा नं २ बस्ने दिपक गलामीले समाजिक सञ्जालमा बिभिन्न ब्यक्तिहरुलाई अश्लिल गालि गलौज गर्ने गरेको आरोप छ ।गएको अगस्त २८ तारिखका दिन गलामीले गृहमन्त्री बिरुद्ध अत्यन्तै घृणित शब्द प्रयोग गरेर सामाजिक सञ्जालमा लेखेका थिए।

    प्रहरीका अनुसार गलामी बिदेशमा बसेर समाजिक सञ्जालमा अरुका बिरुद्ध सामाजिक सञ्जालमा अश्लिल गाली गलौज बुझिने गरी कमेन्ट तथा पोष्ट गर्ने गर्दै आएका थिए। 

    उनी केही समय अघि मात्र नेपाल आएको मौका पारेर प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो। ईलाका प्रहरी कार्यालय बुटवलका अनुसार गलामीले समाजिक सञ्जालको दुरुपयोग गरेर अश्लिल शब्दले गालि गलौज गर्ने गरेको र स्थानीयहरुलाई समेत अश्लिल शब्द प्रयोग गरी गालि गलौज गर्ने गरेको निवेदनका आधारमा नियन्त्रणमा लिईएको हो।

    दिपक गलामीले समाजिक सञ्जालको दुरुपयोग गर्दै प्रधानमन्त्री प्रचण्डलाइ अश्लिल शब्द प्रयोग गरेर कमेन्ट तथा पोष्ट गर्ने गरेको भन्ने निवेदन परेकोले सम्झाई बुझाई गर्न नियन्त्रणमा लिइएको ईलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायव उपरिक्षक दान बहादुर थापाले बताए।

    उहाले समाजिक सञ्जालको दुरुपयोग गरेको भन्ने ठाडो निवेदन छ, वहाले गल्ती महशुश गरेर हटाउन लगाउने भन्ने हो थापाले भने। 

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology