Logo मंगलवार, कार्तिक १८ गते २०८३
images
images

माल्दिभ्सलाई हराउँदै नेपाल यु-१९ साफ च्याम्पियनसिपको सेमिफाइनमा

माल्दिभ्सलाई हराउँदै नेपाल यु-१९ साफ च्याम्पियनसिपको सेमिफाइनमा

  • 1.5K
    SHARES

  • माल्दिभ्सलाई हराउँदै नेपाल यु-१९ साफ च्याम्पियनसिपको सेमिफाइनमा

    काठमाडाैँ,असाेज ८ ।

    माल्दिभ्सलाई हराउँदै नेपाल यु-१९ साफ च्याम्पियनसिपको सेमिफाइनमा प्रवेश गरेको छ। सोमबार दशरथ रंगशालामा भएको खेलमा नेपालले माल्दिभ्समाथि ४-१ अन्तर गोलको शानदार विजय हात पारेको हो।

    नेपालले पहिलो हाफमै २-० गोलको अग्रता लिएको थियो। नेपालका लागि प्रशान्त ल्कसमले १७औं मिनेटमा गोल गर्दै अग्रता दिलाएका थिए। त्यसपछि समीर तामाङले ३० मिनेटमा नेपालको अग्रता दोब्बर पारेका थिए। 

    ५८औं मिनेटमा माल्दिभ्सले एक गोल फर्काउँदै नतिजालाई २-१ बनाएको थियो। ८८औं मिनेटमा निराजन धामीले तेस्रो गोल गर्दा अतिरिक्त समयमा समीरले व्यक्तिगत दोस्रो गोल गर्दै नेपाललाई विजयी दिलाएका थिए। भारत-भुटानबीचको विजेतासँग नेपालले सेमिफाइनल खेल्नेछ। 

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    • सोमवार, आश्विन ८ २०८००९:२६:१६

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology